रत्ननगर, असार ४ ।

राष्ट्रिय परिचयपत्रको विवरण रत्ननगरको १६ वटै वडा बाट संकलन गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा सेवाग्राहीको अत्याधिक भीड भएपछि चितवनको सबै पालिकामा सेवा दिन सुरु गरिएको हो ।

रत्ननगर नगरपालिकामा आज मंगलबार बाट विवरण संकलन सुरु गरिएको छ । आज असार ४ गते वडा नम्बर ७ बाट विवरण संकलन सुरु गरिएको रत्ननगर पञ्जीकरण शाखा प्रमुख राम प्रसाद बस्ताकोटीले जानकारी दिए । उनले आजबाट विवरण संकलन सुरु भएर साउन ९ र १० गते वडा नम्बर १ मा बिवरण संकलन गरेर सकिने बताए । सामाजिक सुरक्षा भत्ता लिने लाभग्राही, विभिन्न प्रवेश परीक्षा दिने, वैदेशिक रोजगारको लागि अनिवार्य भएकाले पनि परिचयपत्र बनाउनको संख्या अहिले ह्वात्तै वढेको छ ।

सामाजिक सुरक्षा भत्ता तथा नेपाल सरकार मार्फत पेन्सन खादै आइरहेका राष्ट्रिय परिचय पत्रको आवेदन दिन छुटेका नगरबासीहरुलाई आफ्नो वडामा सम्पर्क गर्न रत्ननगर नगरपालिकाले सुचना जारी गरेको छ । राष्ट्रिय परिचयपत्रको लागि नागरिकता ,बसाइँसराइ तथा मृत्यु दर्ता लगायतका सक्कल कागज सहित आफ्नो वडा कार्यालय बाटै बिहान ७ बजे देखी बेलुकी ५ बजे सम्ममा विवरण भर्न नगरपालिकाले अनुरोध गरेको छ ।

हेर्नुहोस् कुन वडामा कहिले ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार