रत्ननगर । रत्ननगर नगरपालिकामा शुक्रबार विपन्न दलित सशक्तिकरण कार्यक्रम कार्यान्वयन कार्यविधि २०८० बारे छलफल तथा अन्तर्किया कार्यक्रम गरिएकाे छ । उपमेयर यादव प्रसाद पाठककाे अध्यक्षतामा भएकाे कार्यक्रममा दलित समुदायबाट प्रतिनिधित्व गर्ने कार्यपालिका सदस्य वडा सदस्यहरु सहभागी थिए । कार्यक्रममा दलित समुदायका कार्यपालिका सदस्य र वडा सदस्यहरुकाे सशक्तिकरण कार्यक्रम अन्तर्गत भाषणकला तालिम, दलित समुदायकाे आयआर्जनकाे लागि सीपमुलक कार्यक्रम गर्ने, व्यवसाय प्रवर्द्धनमा सहयाेग गर्ने, पशुपालनमा सहयाेग गर्ने निर्णय भएकाे महिला विकास अधिकृत दीपा घिमिरेले जानकारी दिइन् ।

कार्यपालिका सदस्य राजेन्द्र हमालले दलित समुदायबाट कार्यपालिका सदस्य बनेकाे र वडा सदस्यहरुले निर्धक्क भएर सामाजिक मुद्धाहरु उठाउन सक्ने गरि उनीहरुकाे नेतृत्व विकास आवश्यक रहेकाे बताए । उपमेयर यादवप्रसाद पाठकले प्रतिफल प्राप्त गर्ने गरि कार्यक्रम सञ्चालन गरिने भन्दै लक्षित समुदायले मात्र हिस्सेदार बन्ने बताए । दलित सशक्तिकरण कार्यक्रम सञ्चालनकाे लागि प्रदेश सरकारले कार्यविधि बनाएर स्थानीय सरकारलाई बजेट पठाएकाे छ । साे कार्यक्रम सञ्चालनकाे लागि रत्ननगर नगरपालिका पनि छनाैटमा परेकाे छ । उक्त कार्यक्रम पाँच बर्ष सम्म सञ्चालन हुने महिला विकास अधिकृत घिमिरेले जानकारी दिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार