
२६ जेठ, सर्लाही । मधेस प्रदेस अन्तर्गतको बरहथवाका अति विपन्न तथा दलित, आर्थिक, सामाजिक र राजनितीक रुपमा पिछडिएका माझी,मुसहर समुदायका महिलाहरुलाई दुई दिने वित्तिय साक्षरता तालिम प्रदान गरिएको छ । आयस्रोत नहुँदा भविष्यको लागि बचत गर्न असक्षम मुसहर समुदायलाई बचत कसरी गर्ने, रकमको सहि उपयोग र व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा वित्तीय साक्षरता सम्बन्धि सचेतना संचालन गरिएको हो ।
कार्यक्रम अन्तरगत वित्तीय साक्षरता के हो, यसको फाईदा, महत्व,बचत तथा ऋण,आम्दानी, खर्चको विश्लेषण,पारिवारिक बजेट, बैंक तथा वित्तिय कारोबार, वित्तीय अनुशासन, अनलाईन बैकीङ, बिमा, रेमिटेन्स बारेमा सचेतना गराईएको साप नेपालका प्रादेसिक निर्देशक जनक कार्कीले बताउनु भयो !
मुलुकभर करिव ३ लाखको हाराहारीमा मुसहर समुदायको जनसंख्या रहेकोमा सर्लाहीमा मात्र करीव २० हजार मुसहर समुदाय छन । करिव ९२% मुसहर अशिक्षित रहेका छन । अधिकांशले गाउँकै साहु महाजनहरुसंग ३ देखि ५ रुपैया व्याजदरमा ऋण लिने गरेका छन । साहु संग लिएको ऋणको साँवा र व्याज तिर्दैमा कमाएको पैसा सकिने भएकोले पुस्तौ देखि महाजनको घरमा हरूवा चरुवा तथा बधुवा मजदुरको रुपमा काम गर्न बाध्य रहेको मुसहर महिला सशक्तीकरण मंचकी अध्यक्ष सम्झावती माझीले बताउनु भयो ।
स्वस्तिक सहकारी संस्थाका व्यवस्थापक बिनोद थापा र साप नेपालका कोषाध्यक्ष केदार प्रसाद गौतमले तालिम संचालन गरेका थिए । कार्यक्रममा नविल बैकका क्लष्टर म्यानेजर दिनेस अधिकारीले बैक तथा बित्तीय संस्थाको महत्व, फाईदा, बैक खाता संचालन सम्बन्धमा जानकारी दिनु भएको थियो ।
मुसहर अगुवा मगरी देवी माझीले मुसहर समुदायमा बित्तीय साक्षरताको अज्ञानताको कारण ठगिदै आएकोले तालिमबाट फाईदा पुगेको बताउनु भयो । सहभागीहरूले तालिम पछि बैकमा खाता खोलेर बैक मार्फत आर्थिक कारोबार गर्ने, पारिवारीक बजेट बनाउने बिमागर्ने, बित्तीय अनुशासन पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । तालिम पश्चात सहभागीले नबिल बैंकको बरहथवा शाखाको स्थलगत अबलोकन भ्रमण गरेका थिए ।
कार्यक्रममा नविल बैक बरहथवाका शाखा प्रमुख रामवावु थापा, पत्रकार सहित ३२ जनाको सहभागीता रहेको थियो । व्यवसायीक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत नविल बैंकको सौजन्य तथा साप नेपालको आयोजनामा दुई दिने तालिमको आयोजना गिरएको साप नेपालका प्रादेशिक निर्देशक जनक कार्कीले जानकारी दिनुभयो ।