जेठ २५, रत्ननगर । रत्ननगरका गायक तथा संगीतकार उदय मानन्धरलाई आज रत्ननगरमा सम्मान गरिएको छ । रत्ननगर वाङ्मय प्रतिष्ठानद्वारा आज रत्ननगर नगरपालिकाको सभाहलमा आयोजित “वाङ्मय प्रतिष्ठानको मुखपत्र रत्नाप्रभा विमोचन एवं श्रष्ठा सम्मान कार्यक्रम” अन्तर्गतको “गायन कला सम्मान २०८१” ले मानन्धरलाई सम्मान गरिएको हो । उनलाई नगद १५ हजार सहित खादा तथा सम्मान-पत्रले कार्यक्रमका प्रमुख अतिथी रत्ननगर नगरपालिकाको प्रमुख प्रलाद सापकोटाले सम्मान गरेका हुन् ।

मानन्धर साँढे २ दशक अगाडी देखी रत्ननगरमा संगीत प्रशिक्षण गराउदै आईरहेका कुशल प्रशिक्षक हुन् । भिन्तुना कला केन्द्रको संचालक समेत रहेका मानन्धरको सत्कर्म, ह्याप्पी बर्थ डे, म तिम्रै शहरमा, झी नेवा: नेवा: हे जुई लगायतका गीतहरु बजारमा आईसकेका छन् भने करिब आधा दर्जन गीत बजारमा आउने तयारीमा छन् ।

रत्ननगर वाङ्मय प्रतिष्ठानले आफुलाई गायन कला सम्मान २०८१ ले सम्मान गरेकोमा यो सम्मानले आफुलाई थप जिम्वेवार बनाएको गायक मानन्धरको भनाई छ । भोलिको दिनमा अझै नेपाली भाषा, संस्कृति, कला, साहित्यलाई प्रवर्द्धन हुने गरी प्रस्तुत हुने उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर