१३ जेठ, रत्ननगर । अत्याधिक गर्मीले जनजीवन कष्टकर बनेसंगै बालबालिकाको सिकाइ क्रियाकलाप साथै स्वास्थ्यमा समेत असर परेको भन्दै रत्ननगर नगरपालिकाले १९ गते सम्मको लागी सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द गर्नु भनी रत्ननगरका नगर शिक्षा अधिकारी नारायण प्रसाद वाग्लेद्वारा जारी विज्ञप्तीमा उल्लेख रहेको छ ।

अत्याधिक गर्मीले विद्यार्थीको जनजीवनमा पर्न सक्ने प्रभावलाई मध्यनजर गर्दै नगरपालिकाले गरेको विदाको निर्णयलाई पालना गर्ने रत्ननगर प्याब्सनका अध्यक्ष पशुपति उपाध्यायले बताउनुभयो । बर्षेसट्टे विदा बाट कटौती गरेर सो विदा उपलव्ध गराएको रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार