रत्ननगर । चितवनकाे साैराहामा दुग्ध उत्पादक सहकारी संघका व्यवस्थापकहरूलाई क्षमता अभिबृद्धि तालिम दिइएकाे छ । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले आयाेजना गरेकाे साे तालिममा ७० बढी व्यवस्थापकहरुकाे सहभागिता रहेकाे थियाे। दिइदिने तालिम शनिबार सकिएकाे छ । समापन कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय दुग्ध उत्पादक संघका उपाध्यक्ष भागिरथ तिमिल्सिना र संघका जिल्ला अध्यक्ष किशाेर बगालेले सहभागीहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
साे अबसरमा अध्यक्ष बगालेले लागत मुल्य घटाउन घाँसमा आधारित पशुपालनकाे विकास गरी चाेकरकाे प्रयाेग अन्त्य गर्नुपर्ने बताए । अध्यक्ष बगालले डेरी उद्योगले भुक्तानी नदिएका कारण किसानहरु मर्कामा परेकाे बताए । दूध बेचेर दाना चाेक्कर किन्न सक्ने अबस्था छैन् उनले भने भुक्तानी राेकिएकाे लामाे समय भयाे, अहिलेकाे जस्ताे अबस्था कहिल्यै आएकाे थिएन् । उनले सहकारीले उत्पादन गरेकाे दाना किसानले खरिद नगर्दा समस्या भएकाे बताए ।
साे तालिममा कार्यालय व्यवस्थापन तथा अभिलेख व्यवस्थापन, सहकारीमा लेखा परीक्षण तथा कर प्रणाली,बैठक व्यवस्थापन, वित्तीय व्यवस्थापन, प्रस्तावना लेखन, सिद्धान्त र व्यवहारिक प्रयाेग, संस्थापक संरचना, व्यवस्थापककाे भूमिका र जिम्मेवारी, जाेखिम क्षेत्रकाे पहिचान, सहकारीमा कानुन पालना र व्यवस्थापन कार्यदिशा लगायतका विषयमा प्रशिक्षण दिइएकाे थियाे । तालिमकाे प्रशिक्षकमा विनाेद खतिवडा र नवकुमार अधिकारी रहेका थिए । कार्यक्रम सचिव कल्याण अधिकारीले सञ्चालन गरेका थिए ।

