रत्ननगर । साैराहा र यस आसपासका विपन्न समुदायका महिलाहरुलाई तीन महिने सीपमुलक तालिम दिइएकाे छ । बाघमारा मध्यवर्ती समुदायिक वनले १० जना महिलालाई सिलाईकटाई र ३५ जना महिलालाई व्यूटिसियन तालिम दिएकाे हाे । उपभाेक्ताहरुलाई वनप्रतिकाे निर्भरता हटाउदै संरक्षणमा क्रियाशिल बनाउने उद्देश्यले सीपमुलक तालिम दिएकाे वनका अध्यक्ष जीतु तामाङले जानकारी दिए । वनकाे कार्यालयमै आयाेजना गरिएकाे दुई छुट्टाछुट्टै तालिम शनिबार सकिएका छन् । समापन कार्यक्रमका प्रमुख अतिथि वडा नं ६ का वडाध्यक्ष किरण महताे, निकुञ्जका सहायक संरक्षण अधिकृत शान्तबहादुर मगर र वडा नं ७ कि वडा सदस्य माइली सुनारले तालिम लिएकाहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

तालिममा सहभागी सिला चाैधरी, लक्ष्मी गाेदार र अन्जली खनालले सिकेकाे सीपलाई आर्थिक उपार्जनकाे आधार बनाउने बताए । वडाध्यक्ष महताेले वनले प्रदान गरेकाे तालिम लिएकाहरुलाई थप तालिमकाे आवश्यकता परे वडा कार्यालयले सहयाेग गर्ने प्रतिबद्धता जनाए । सिलाइकटाईकाे प्रशिक्षकमा विरेन्द्र चाैधरी र व्यूटिसियनकाे प्रशिक्षकमा मीना उप्रेती, अनुराधा महताे रहेका थिए । समापन कार्यक्रम तालिम संयाेजक सरस्वती चालिसेले सञ्चालन गरेकी थिइन् ।

पर्यापर्यटनबाट राम्राे आम्दानी गर्दै आएकाे साे सामुदायिक वनले वन व्यवस्थापन, बासस्थान र घासेमैदान व्यवस्थापन, मानव वन्यजन्तुकाे द्वन्द्व न्यूनीकरण, गरिबी निवारण, वालीनाली राहत वितरणकाे कामलाई प्राथमिकतामा राखेर काम गरिरहेकाे अध्यक्ष तामाङले बताए। मानव वन्यजन्तुकाे द्वन्द्व न्यूनीकरणकाे लागि बस्ती र वनकाे सिमानामा कंक्रिट बाल निर्माण, बालीनाली राहत, पशुचाैपायाकाे बिमा, सुत्केरी भत्ता, मृत्यू हुँदा काजक्रिया खर्च, उपचार खर्च, शिक्षामा बार्षिक १० लाख लगानी र गरिबी निवारणका लागि सीपमुलक तालिम दिँदै आएकाे छ । साे सामुदायिक वन गैंडा, बाघ, भालु, चितुवा, मृगप्रजाती, घडियाल र मगर गाेहीकाे मुख्य बासस्थान हाे । साैराहामा आउने अधिकांस पर्यटक साे वनमा हात्ती सफारी र डुंगा सयर गरेर रमाउने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार