रत्ननगर । चितवनका क्रियाशिल पत्रकार राजनदिल गुरुङको गाडी तोडफोड गरी सञ्चार सामाग्री सहित नगद चोरी भएको छ । राप्ती नगरपालिका वडा नं ७ वीरेन्द्रनगर चोक नजिक पाकिङ गरेर राखेको गाडी शनिबारराती अज्ञात समुहले तोडफोड गरी नगद चोरी भएको हो । घटना राती साढे १ बजे भएको हो ।

गुरुङको बा १७ च ५४४१ नम्बरको गाडी तोडफोड गरी २३ हजार नगद सहित क्यामरा चोरी भएको प्रहरीले जनाएको छ । गाडीमै रहेको लाइसेन्स र एटिएम कार्ड भने खुरखेरे चोकमा भेटिएको गुरुङले जानकारी दिए । तोडफोडबाट गाडीमा क्षति पुगेको छ । तोडफोड भएको गाडी पुरानै अबस्थामा फर्काउन ४५ हजार खर्च आउने अनुमान गरिएको छ । प्रहरीले घटनाको विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार