बैशाख २१, रत्ननगर ।
नया वर्ष सुरु भए संगै सुरु भएको नया शैक्षिक सत्रमा यतिबेला विद्यालयहरुमा पठनपाठन सुरुवाती चरणमा रहेको छ । यसै सन्दर्भमा रत्ननगर १० मा रहेको एञ्जल्स वर्ल्ड स्कुलले आज सयौ अभिभावक तथा विद्यार्थीहरुको उपस्थितिमा वार्षिक पुरस्कार वितरण, नया विद्यार्थीहरुलाई स्वागत तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रम अन्तर्गत ८० जना नया भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरिएको छ । सोहि कार्यक्रमको अवसरमा स्कुलका विद्यार्थीहरुले विविध भेषभुषामा सजिएर दर्जन बढी नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका रत्ननगर १० का अध्यक्ष कलाधर पौडेलले स्थानिय धर्म, संस्कृतिलाई प्रवर्द्धन गर्न विद्यालयले विशेष योजना ल्याउन पर्नेमा जोड दिनुभयो । हरेक जात जातीको संस्कृति तथा परम्परालाई विद्यार्थीले विद्यालय तह बाटै बुझ्न जरुरी रहेको उनको भनाई थियो । साथै वडाध्यक्ष पौडेलले अभिभावकहरुलाई जिम्वेवार बन्न समेत अनुरोध गरेका छन् । कार्यक्रमको विशिष्ठ अतिथी प्याब्सनका अध्यक्ष पशुपति शर्माले संस्थागत विद्यालयहरुले विद्यार्थीको मनोभाव पहिचान गरेर शिक्षा प्रदान गर्ने हुँदा विद्यार्थीको चौतर्फी विकासमा मद्धत पुगेको जिकिर गरे । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष युगबहादुर थापा, क्रिष्टल कलेजका पुर्व प्रमुख केशव शर्मा, क्रिष्टल कलेजका प्रमुख एकबहादुर जिसी, शिक्षक अभिभावक संघका अध्यक्ष रामु आचार्य लगायतले बोलेका थिए ।

कार्यक्रम अन्तर्गत शैक्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्राचार्य गणेश शर्माले विद्यालयको वार्षिक शैक्षिक योजना प्रस्तुत गरेका थिए । विद्यालयले यसै सत्रदेखि पाठ्यभार र प्रयोगात्मकतालाई बराबर हुने गरी फिप्टी फिप्टी मुल्यांकनको सुरुवात गर्ने, प्रतिमहिना १ दिन बुक फ्री डे को आयोजना गरी विद्यार्थीलाई व्यावहारीक सिकाई प्रदान गर्ने, भ्रमण तथा प्रदर्शनीको व्यवस्था गर्ने, विभिन्न जातजातीको सांस्कृतिक पक्षको जानकारी प्रदान गर्ने, स्कुलको आफ्नै मोवाईल एप निर्माण गरिएको र विद्यार्थीको त्रैमासिक परिक्षाफल तथा अन्य जानकारीहरु सोहि एपमा हेर्न सकिने व्यवस्था मिलाईएको लगायतका कार्यक्रमहरु लागु भएको प्राचार्य शर्माको भनाई थियो ।

सोहि कार्यक्रमको अवसरमा विद्यालयको क्यालेन्डर विमोचन गरिएको छ । त्यस्तै बर्षभरी उत्कृष्ठ गतिविधि प्रस्तुत गर्ने विद्यार्थीलाई विविध टाईटलबाट सम्मान समेत गरिएको छ, जसअन्तर्गत कक्षा १ बाट रोशिका वाग्ले, कक्षा ६ बाट अनुराग अधिकारी, कक्षा ९ बाट लक्की थापा बेस्ट क्याप्टेन अवार्डले सम्मानित भएका छन्, कक्षा २ बाट शृष्टि रेग्मी, कक्षा ६ बाट प्रियांस चौधरी, कक्षा ९ बाट क्रिष्टिना चौधरी बेस्ट ह्याण्डराईटिङ अवार्डले सम्मानित भएका छन्, कक्षा १ बाट आश्रय जिसी, कक्षा ६ बाट नोबेल थापा मगर, कक्षा ७ बाट अनिल शर्माले उत्कृष्ट अनुशाशित अवार्ड प्राप्त गरेका छन् । कक्षा ३ बाट कृति गुरुङ, कक्षा ५ बाट प्रनिशा पाण्डे र कक्षा ८ बाट शेखर मुखियाले बेस्ट नोटबुक अवार्ड प्राप्त गरे त्यस्तै कक्षा एल केजी बाट सम्वृद्धि भुषाल, कक्षा ४ बाट आजना श्रेष्ठ र कक्षा ७ बाट बिनिशा कोईरालाले उत्कृष्ट व्यक्तित्व अवार्ड हात पारे त्यस्तै कक्षा १ बाट रिजन कडुवाल, कक्षा ५ बाट सुशान्त पौडेल र कक्षा ७ बाट अन्गीस्ता रिमालले रेगुलर प्रिजेन्ट अवार्ड हात पारे । स्टुडेण्ट अफ द इयरको अवार्ड पुरुष तर्फ हेमन्त पौडेल तथा महिला तर्फ अबिगल गजमेरले हात पारेका छन् ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोम प्रसाद भट्टको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार