चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टी समानता र न्यायको सिद्धान्तमा अघि बढेको बताउनु भएको छ । आज पार्टीको १० औं जिल्ला अधिवेशनको उद्धघाटन गर्नुहुंँदै नेपालले नेकपा एस पार्टी शुसासनको अभियानमा लागेको बताउनुभयो ।
बामपन्थी एकता अहिलेको आवश्यकता रहेको बताउंंँदै उहांँले जनताको विश्वास जितेमात्रै पार्टीप्रति विश्वास रहने बताउनु भयो । ‘पार्टी चाहे ठुलो या सानो होस, विचार सिद्धान्तलाई व्यवहारमा लागु गर्नसक्नु पर्छ ।’ उहांँले भन्नुभयो, हामी कसैलाई विभेद गर्दैनौं, सबैलाई समान व्यवहार गर्छौ ।’ शुरुवाती क्षणमा भारतको विजेपी पार्टीमा ४ जना सदस्य रहेको उल्लेख गर्दै उहांँले पार्टीको संगठन विस्तार एकैपटक संभव नहुने पनि बताउनुभयो । ‘ हामीले नबुझ्नेलाई बुझाउंँदै जाने हो । जनताको घरदैलोमा गुनासा र पीडा समाधान गर्दै जाने हो ।’ उहांँले भन्नुभयो । पार्टीले अब देशभरका ७५३ पालिका र सबै वडाहरुमा संगठन विस्तार गर्न लागेको बताउनु भयो । उहांँले भ्रष्टाचार विरोधी अभियानमा लाग्न सबै नेता कार्यकर्तालाई आग्रह समेत गर्नुभयो । राजनीतिमा उत्तारचढाव भएपनि कहिल्यै विचलित हुन नहुने उहांंँको भनाई थियो ।
सो अवसरमा बोल्दै पार्टीका केन्द्रिय उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले पार्टीको आगामी केन्द्रिय महाधिवेशनमा देशको कृषि , जल, पर्यटन उद्योगको विकासका लागि पार्टीले प्राथमिकतामा राख्ने बताउनु भयो । ‘बाटो र कार्यक्रम सही भए जनताको मन जित्न सकिन्छ उहांँले भन्नुभयो, हामी हाम्रो एजेण्डा लिएर जनता समक्ष जान्छौ र समस्या र गुनासा लिएर आउंँछौं ।’पार्टीले स्वदेशमै रोजगारी सिर्जना गर्ने निित लिएको उल्लेख गर्दे बैदेशिक लगानी भित्र्याउन पनि पार्टीको पहल रहने बताउनु भयो ।
कार्यक्रममा नेपाली कांँग्रेस , चितवनका सभापति राजेश्वर खनाल, नेपाल कम्युनिष्ट पार्टी एमालेका चितवनका सचिव प्रकाश खनाल, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, चितवनका सचिव द्रोणबाबु शिवाकोटी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विभिन्न प्रदेश, जिल्लाका समाजबादीका अध्यक्ष, प्रतिनिधि, जिल्लाका नेता तथा कार्यकर्ता लगायतको सहभागिता रहेको थियो । कार्यक्रम समाजबादी चितवनका अध्यक्ष अरुणपीडित भण्डारीको अध्यक्षमा सम्पन्न भएको थियो । जिल्लाको अधिवेशन आज र भोली २० गतेसम्म चल्नेछ। अधिवेशनले समाजवादी पार्टीको नयांँ नेतृत्व चयन गर्दैछ ।