
रत्ननगर । पूर्वी चितवनकाे रत्ननगर नगपालिकाकाे चालू आर्थिक बर्षकाे दाेस्राे चाैमासिक सार्वजनिक सुनुवाई गरिएकाे छ । वडा नं ६ स्थित बछाैली माविकाे प्राङ्गणमा आयाेजित कार्यक्रममा नगरबाट भएका कामकाे समीक्षा गर्दै नागरिकबाट सुसासन, सेवा प्रवाह र विकास निर्माणबारे सुझाव संकलन गरिएकाे थियाे । मेयर प्रलाद सापकाेटाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा सहभागीहरुले नगरपालिकाले गरेका कामकाे प्रशंसा गर्दै थप विकास निर्माणकाे कामकाे लागि याेजना बनाएर काम गर्न सुझाव दिएका छन् । कार्यक्रममा सहभागीहरुले बजेट याेजनाकाे सन्तुलन मिलाउन बजेट अनुसार याेजना छनाेट गर्न आग्रह गरेका छन् ।
कार्यक्रममा ढल निमार्ण, सडक निर्माण र मापदण्ड, सुकुमबासी समस्या सामधान, खानेपानी संस्था समायाेजन, पर्यटन पूर्वाधार निर्माण, कर संकलन, पार्किङ व्यवस्थापन, घुम्ति पसल नियन्त्रण, सार्वजनिक जग्गा संरक्षण, शैक्षिक सुधार र शिक्षक सरुवा लगायतकाे विषयमा नगरपालिकालाई प्रश्न गरेका थिए । कार्यक्रममा लाेकराज भूषाल, शम्भूभक्त थपलिया, उर्मिला दाहाल, जितिया महताे, छुना रेग्मी, नगेन्द्र चापागाईँ, राधिका रिमाल, अर्जुन पाण्डे, शिव भूषाल, टाेपबहादुर सिलवाल, दिपक थापा, जाेगेन्द्र महताे, ऋषि तिवारी, जानुका सुबेदीले विकास निर्माण र सुसाशनबारे जिज्ञासा राखेका थिए ।
कार्यक्रममा मेयर प्रलाद सापकाेटाले शिक्षामा छात्राबृत्ती, प्रविधिक शिक्षा स्वास्थ्यमा नि:शुल्क स्वास्थ्य विमा र उपचार काेष,कृषि र पशुपालनमा अनुदान र गरिबी निवारणका लागि तीन लाख सम्म विना व्याज ऋण प्रदान गरिएकाे बताए । पर्यटन विकासकाे लागि साैराहामा नमुना सडक र टिकाैलीमा हरियाली पार्क निर्माण भइरहेकाे बताए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले चालू आर्थिक बर्षमा गरेकाे काम र उपलब्धिबारे प्रतिवेदन प्रस्तुत गरेका थिए ।
वडा नं ६ का वडाध्यक्ष किरण महताेले स्वागत मन्तब्य राखेकाे कार्यक्रममा उपमेयर यादवप्रसाद पाठकले नागरिककाे गुनासाे सामधान संगै विकास निर्माणमा भएकाे उपलब्धिबारे मन्तब्य राखेका थिए । कार्यक्रममा नगर स्तरीय राजनीतिक दलका नेतृत्वले रत्ननगरकाे शिक्षामा विसंगती माैलाएकाे भन्दै समयमै शिक्षा क्षेत्रमा देखिएका समस्या सामधान गर्न आग्रह गरेका छन् । कार्यक्रममा नेपाली कांग्रेसका कार्यबहाक नगर सभापति कमलनाथ अधिकारी, एमालेका नगर अध्यक्ष इश्वरीप्रसाद अर्याल, माओवादी केन्द्रका सचिव मेघनाथ पाैडेल, रास्वपाका राजेन्द्र धामी, राप्रपाका नगर अध्यक्ष गाेविन्द अधिकारी, एकीकृत समाजवादीका नगर सहसचिव गाेेकर्ण गिरी लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा विज्ञ सल्लहाकार रामहरि न्याैपाने सहित वडाध्यक्ष, कार्यपालिका सदस्य, टाेल विकास संस्था, आमा समूह, कृषि समूह, महिला समुहका प्रतिनिधिहरुकाे सहभागिता रहेकाे थियाे । कार्यक्रममा विप्स मिडियाले सहजीकरण गरेकाे हाे ।