रत्ननगर, चैत १५ । शिक्षाको क्षेत्रमा फलामे ढोका मानिने एसईई परीक्षा आज देखी सुरु भएको छ ।रत्ननगर नगरपालिकाबाट यसबर्षको एसईई परिक्षामा १ हजार ४ सय ४२ जना विद्यार्थीहरु सहभागी हुने रत्ननगर नगरापालिकाले जनाएको छ । परिक्षामा नगरपालिका भित्र रहेका १६ सामुदायिक र २२ संस्थागत विद्यालयबाट १ हजार ४ सय ४२ विद्यार्थीहरु सहभागी हुँदैछन।

नगरभित्र रहेका ४८ विद्यालयबाट ६८६ छात्रा र ७५६ छात्रहरुले परिक्षामा भाग लिने र ४८ विद्यालयबाट सबैभन्दा धेरै स्काइराइडर आवासीय माध्यमिक विद्यालयबाट १७७ जना र सबैभन्दा थोरै गायत्री वेद वेदाङ्ग संस्कृत गुरुकुलमबाट ८ जना विद्यार्थी परिक्षामा सहभागी भएका छन् । रत्ननगरमा रहेको अर्को धार्मिक विद्यालय श्रीराम वैदिक संस्कृत गुरुकुलबाट भने १० जना परिक्षार्थीले एसईई परिक्षा दिदैछन् ।

सामुदायिक विद्यालय तर्फ सबैभन्दा धेरै जन जागृती माध्यमिक विद्यालयबाट १६२ जना विद्यार्थी सहभागी हुनेछन् । सामुदायिक विद्यालय तर्फ ३७१ जना छात्रा, ३५५ जना छात्र र संस्थागत विद्यालयबाट ३१५ जना छात्रा,४०१ जना छात्रहरुले परिक्षा दिने एकिकृत शिक्षा सुचना केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार