रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा ज्येष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा सेवा तथा कानुनी प्राबधान सम्बन्धी प्रशिक्षण दिइएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले आयोजना गरेको सो कार्यक्रममा ज्येष्ठ नागरिकका सम्बन्धमा नेपालको कानुनी प्राबधान तथा ज्येष्ठ नागरिक कार्यविधि, सेवा सुविधा र अबसरका बारेमा प्रशिक्षण दिइएको थियो ।

कार्यक्रममा रत्ननगगर नगरपालिकाका कानुनी सल्लाहाकार अधिबक्ता दीवाकर अर्याल र महिला विकास अधिकृत दीपा घिमिरेले कानुनी अधिकार र ज्येष्ठ नागरिक कार्यविधि सम्बन्धी सहजीकरण गरेका थिए । रत्ननगर नगरपालिकाका कार्यबहाक मेयर कलाधर पौडेल प्रमुख अतिथि रहेको सो कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुकदेब लम्साल, नगर स्तरीय ज्येष्ठ नागरिक समन्वय समितिका अध्यक्ष छवीलाल घिमिरे, निर्वतमान अध्यक्ष गोकुलदास श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद अर्याल लगायतले मन्तव्य राखेका थिए ।

सामाजिक विकास समितिका संयोजक बालकृष्ण चापागाईँको अध्यक्षतामा भएको कार्यक्रममा ६५ जना ज्येष्ठ नागरिकको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार