चितवन : नेकपा (माओवादी केन्द्र) चितवनको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शहिद सप्ताह अन्तर्गत आज जिल्ला पार्टी कार्यालय कृष्णपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा १११ जनाले रक्तदान गरेको नेकपा माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारी (आरसी)ले बताउनुभयो । शहिद सप्ताह मनाउने पार्टीको निर्णय अनुसार चितवनमा रगत अभावको समस्यलाइ मध्यनजर गर्दै रक्तदान कार्यक्रम गरिएकोे संयोजक अधिकारीको भनाई छ । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य इश्वरी भट्टराई प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रम जिल्ला संयोजक अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो ।

माओवादी केन्द्रले सहिदहरुको सम्झनामा फागुन १४ गतेदेखि विभिन्न कार्यक्रम गरि सहिद सप्ताह मनाइरहेको छन् । सप्ताहको पहिलो दिन फागुन १४ गते शहिद तथा बेपत्ता परिवार सम्मान, फागुन १६ गते जेल–हिरासत बसेका योद्धाहरुलाई सम्मान, फागुन १७ गते जेष्ठ कम्युनिष्ट सदस्य सम्मान र फागुन १९ गते जनयुद्ध जनआन्दोलनका घाइते योद्धालाई सम्मान गरेको थियो । आज बृहत् खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको संयोजक अधिकारीले बताउनुभयो । सहिद सप्ताहको अन्तिम दिन भोली फागुन २१ गते क्यान्सर अस्पतालको सभाहलमा बलिदान राष्ट्रका लागी बिषयक अन्तरक्रिया कार्यक्रम रहेको उहाँले बताउनुभयो । सबै राजनितिक दलहरुसहितको सहभागितामा कार्यक्रम हुने माओवादी केन्द्र चितवनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार