राप्ती, फागुन १ । राप्ती-७ मा रहेको वीरेन्द्र आदर्श माध्यमिक विद्यालयको ५८औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालय स्थापना गर्ने एंव जग्गा प्रदान गर्नुहुने स्वर्गीय प्रेम वहादुर राना मगरको शालिक अनावरण गरिएको छ । विद्यालयको हाताभित्र नवनिर्मित स्वर्गीय राना मगरको शालिक वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले मंगलवार अनावरण गर्नुभएको हो ।

करिब ६ महिना लगाएर निर्माण गरिएको शालिकको बौद्ध धार्मिक परम्परा अनुसार अनावरण गरिएको छ । स्वर्गीय राना मगरले वि.स २०२० सालमा २६ बिघा १० कठ्ठा १७ धुर जगा प्राप्त गरेपश्चात वि.स २०२३ सालमा विद्यालय स्थापना गरेका थिए । विद्यालय स्थापना गर्नुमा उनको ठूलो योगदान छ । स्वर्गीय राना मगरको दुई भाई छोरा र ९ छोरी रहेकाछन् । वि.स १९७७ साल बैशाख ५ गते जन्मिएका राना मगरको वि.स २०५३ साल पौष ९ गतेका दिन मृत्यु भएको थियो ।

कार्यक्रममा राप्ती वडा नं. ७ का वडा अध्यक्ष सुमिता डल्लाकोटी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम कंडेल, शालिक निर्माण समितिका अध्यक्ष करुण गुरुङ, स्वर्गीय राना मगरकी श्रीमति पदम कुमारी राना मगर, छोरा, छोरी, परिवारका सदस्य लगाएतको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार