२५ माघ, काठमाडौं । कीर्तिपुरमा आजै देखी सुरु भएको अन्तराष्ट्रिय एक दिवसीय क्रिकेटमा नेपालले क्यानडामाथि ७ रनको रोमाञ्चक जित निकालेको छ । नेपाल कुनै समय पराजय नजिक पुगेको थियो तर नेपाली स्पिनरहरुले लगातार विकेट निकाल्न सफल भए संगै नेपालले जित हासिल गरेको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५०ओभर नै खेल्दै १० विकेट गुमाउदै २ सय २४ रनको मध्यम प्रदर्शन गरेको थियो । नेपालका लागी कुशल भुर्तेलले ६२ रन बनाए, ५८ बल खेलेका उनले ९ चौका र १ छक्का प्रहार गरेका थिए । आरिफ शेखले ३८, सोमपाल कामीले २७ त्यस्तै कुशल मल्लले २० रन बनाए ।
जितका लागि २ सय २५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७.५ ओभरमा २ सय १७ रन मात्र बनाउन सफल भयो । क्यानडाका निकोलश किर्टोनले ६८ र पारगत सिंहले ५० रन बनाए । नेपाललाई जिताउन कप्तान रोहितकुमार पौडेलले ४, ललित नारायण राजवंशीले २ त्यस्तै कुशल मल्ल, सोमपाल कामि, रिजन ढकाल र पवन सर्राफले समा १/१ विकेट लिए ।

