चितवन, माघ २२ ।

चितवन मोबाइल व्यवसायी संघको अध्यक्षमा श्रीधर रेग्मी चयन भएका छन् । संघको सोमबार सम्पन्न प्रथम साधारण सभा तथा अधिवेशनले रेग्मीको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा रतन भट्ट, उपाध्यक्षमा रजित अर्याल, सुजन लामिछाने, सचिवमा भुपेन्द्र भट्टराई(सुरेश), सह सचिव दिपेन्द्र खड्का, कोषाध्यक्षमा कृष्ण प्रसाद न्यौपाने, सह कोषाध्यक्षमा नवराज गिरी चयन भएका छन् ।

त्यसैगरी कार्यसमिति सदस्यहरुमा सविन निरौला, रामु पौडेल, मनिष गिरी, रेशम रेग्मी, शंकर पौडेले, कृष्ण प्रसाद न्यौपाने, सन्दीप सुबेदी र राम बजगाई रहेका छन् । अधिवेशनले सल्लाहाकार संयोजकको जिम्मेवारी जगदिश पन्त र सल्लाहाकारमा दुर्गा सापकोटा र दिपक प्रसाइ चयन गरेको छ ।

नव निर्वाचित अध्यक्ष रेग्मीले संघले मोबाइल व्यवसायीका समस्यालाई समाधान गर्न पहल गर्ने बताए। कार्यक्रममा संस्थापक अध्यक्ष प्रकाश अर्यालले नव निर्वाचित कार्यसमितिलाई व्यवसायीको हकहितमा काम गर्न सुझाव दिए। कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठ, चितवन प्रहरीका प्रहरी नायव उपरिक्षक श्रीराम भण्डारी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम राजनदिल गुरुङ्गले संचालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार