२० माघ, रत्ननगर ।
रत्ननगरको श्रीकृष्ण प्रणामी मन्दिर मन्दिर टिकौली प्राङ्गणमा गरिएको खुल्ला रक्तदान कार्यक्रममा ६ महिला सहित ३४ जनाले रक्तदान गरेका छन् । श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल प्रारम्भिक समिति टिकौलीले आफ्नो ३४ औं स्थापना दिवसको अवसरमा सो कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा रत्ननगर नगरपालिका वडा नम्बर १० का अध्यक्ष कलाधर पौडेलको उपस्थिति रहेको थियो । अध्यक्ष पौडेलले श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल प्रारम्भिक समिति टिकौलीको सामाजिक उत्तरदायित्वको प्रशंसा गर्दै आगामी दिनमाहरुमा समेत सामाजिक कार्यमा लागिरहन शुभकामना दिएका थिए, प्रारम्भिक समितिको सामाजिक कार्यहरुमा वडा कार्यालयले पनि हातेमालो गर्ने उनको भनाई थियो ।

कार्यक्रममा श्रीकृष्ण प्रणामी मन्दिर टिकौलीका अध्यक्ष लिलाराज सुवेदीको विशिष्ठ आतिथ्यता रहेको थियो । चितवनमा देखिएको रक्त अभावलाई मध्यनजर गर्दै यस पटकपनि अघिल्ला बर्षहरुमा जस्तै रक्तदान कार्यक्रमको निरन्तरता दिइएको र आगामी समयमा पनि यो कार्यक्रमले निरन्तरता पाउने कार्यक्रमका संयोजक विनायक ढकालले बताए । कार्यक्रममा श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल प्रारम्भिक समिति टिकौलीका उपाध्यक्ष शरण अधिकारीले स्वागत मन्तव्य राखेका थिए । खुल्ला रक्तदान कार्यक्रम श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल प्रारम्भिक समिति टिकौलीका अध्यक्ष केशवराज बरालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल प्रारम्भिक समिति टिकौलीले निरन्तर रुपमा सामाजिक कार्यहरु गर्दै आईरहेको छ । समितिले जेहेन्दार गरिव विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु, विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा वितरण, दुर्गम भेगका असाहयहरुलाई विविध सहयोग समेत हस्तान्तरण गर्दै आईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार