१२ माघ, रत्ननगर । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शुक्रबार रत्ननगरको टाँडी बजारमा खबरदारी सभा मार्फत जनजागरण अभियान संचालन गरेको छ ।

बढ्दो महङगी र भ्रष्टाचारले जनजीविकामा असर पारेको भन्दै सो पार्टीले त्यसको विरुद्धमा खबरदारी सभा गरेको हो । नेपाल कम्युनिष्ट पार्टीको सांस्कृतिक समुह सामना परिवारले सभामा गीत मार्फत सरकारको नेतृत्व गरेका दलहरुलाई महङगी र भष्टचार नियन्त्रणको लागि आग्रह समेत गरेका छन् ।

कार्यक्रममा बोल्ने बक्ताहरुले मुलुकका गणतन्त्र आइसक्दा पनि महङगी र भ्रष्टाचारले जनताको जनजीविकामा समेत असर गरेको भन्दै गम्भिर बन्न नेताहरुलाई आग्रह गरेका छन् । सापना परिवारका कलाकारहरुले गीत मार्फत सरकार जनविरोधी भए फेरी बन्दुक उठाउने चेतावनी समेत दिएका छन् । कलाकारले खबरदारी गर्दै भने ‘जनविरोधी दलालको सरकार भएपछि, फेरी उठ्छ बन्दुक जनताको हार भएपछि’ । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज उत्सव तामाङले स्थानीय सरकार जनताप्रति उत्तरदायी हुन नसकेको बताए ।

स्थानीय सरकार भ्रष्टाचारमा लिप्त छ उनले भने नदीजन्य पदार्थको दोहोन हुँदा स्थानीय सरकार बोल्दैन । उनले नेपालका तीनै तहको सरकार देश र जनताप्रति उत्तरदायी नभएको बताए । सो पार्टीले एससीसीको चर्को विरोध गर्दै आएको छ । खबरदारी सभामा पनि नेताहरुले अमेरिकाले नेपाललाई आफ्नो अधिनमा राख्न एमसीसी ल्याएको बताएका छन् । कार्यक्रममा सापना परिवारका इन्चार्ज आरोह सी ले एमसीसी अनुदान नभइ सर्त सहितको लगानी भएको बताए । एमसीसीले नेपालको हित गर्दैैन उनले भने यो कुरा जनतालाई बुझाउन जनजागरण अभियान सुरु गरेका हौं ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार