१० माघ, रत्ननगर । रत्ननगर १० मा रहेको एञ्जल्स वर्ल्ड स्कुलको वार्षिक खेलकुद सम्मेलन आज एक समारोहका बीच समुद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी क्रिष्टल कलेजका प्रमुख एकबहादुर जिसीले रिबन काट्दै कार्यक्रमको समुद्घाटन गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै जिसीले खेलकुद ले मानिसको जीवनमा नौलो आयाम थप्दै अनुशासित बनाउने भन्दै सम्पूर्ण विद्यार्थीहरुले यसमा सहभागिता जनाउन आग्रह समेत गर्नुभयो ।

वार्षिक खेलकुद सम्मेलन समुद्घाटन पुर्व शोभा यात्रा समेत निकालिएको थियो । शोभायात्रामा विद्यालयमा नै निर्माण गरिएका स्काउट, साहित्यिक क्लव, क्विज क्लव, सांस्कृतिक क्लव, इको क्लव लगायतको सहभागिता रहेको थियो । विद्यालयको खेलकुद मैदान बाट सुरु गरिएको यात्रा बकुलहर चोक परिक्रमा गर्दै पुन: विद्यालयमा फर्किएको थियो ।

समुद्घाटन समारोह अन्तर्गत आयोजना गरिएको औपचारिक कार्यक्रममा विद्यार्थीका तर्फ बाट विद्यार्थी हेमन्त पौडेलले आफ्नो बिचार राखेका थिए । खेलकुदले व्यक्तिको चौतर्फी विकासमा सहयोग पुर्याउने भएको कारण विद्यार्थीहरुलाई खेलकुद संग जोडिराख्न वार्षिक रुपमा क्यालेन्डर नै निर्माण गरी खेलकुद सम्मेलनको आयोजना गरिएको विद्यालयका प्राचार्य गणेश शर्मा पौडेलले जानकारी दिनुभयो । खेलकुद सम्मेलन माघ १०, ११ र १२ गते ३ दिन सम्म चल्ने पनि उँहाले बताउनु भयो ।

खेलकुद सम्मेलन अन्तर्गत स्मरण शक्ती परिक्षण, चित्रकला, गायन, नृत्य, बेलुन फुटाई, हाजिरीजवाफ, म्युजिकल चियर, चम्चा दौड, टिटि प्रतियोगिता,निवन्ध लेखन प्रतियोगिता, रिले दौड, साईकल स्लो दौड, भलिबल प्रतियोगिता, कबड्डी प्रतियोगिता, फुटबल प्रतियोगिता लगायतका गतिविधिहरु समावेस हुने विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख राजाराम कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार