रत्ननगर । रत्ननगर उद्योग बाणिज्य संघकाे आयाेजनामा टिकाैली चाैरमा जारी रत्ननगर महाेत्सवमा दैनिकरुपमा अबलाेकन कर्ताकाे संख्या बढ्दै गएकाे छ । दैनिक हजाराैले महाेत्सवकाे अबलाेकन गरेका छन् । महाेत्सवमा रहेका खास खास विषयले दर्शकलाई लाेभ्याएकाे छ । महाेत्सवमा निर्माण गरिएकाे कृषि परिसर, सांस्कृतिक घर र माेटलबाेट अबलाेकनकर्ताकाे राेजाईमा परेका छन् । कृषि परिसरमा मकै वाली लगाइएकाे छ । मकैकाे स्टाचु र मकैकाे ढाेढबाट घर निर्माण गरिएकाे छ । माछा पाेखरी र च्याउकाे टनेल समेत रहेकाे कृषि परिसरमा गाईले बाच्छीलाई दूध चुसाउदै गरेकाे मुर्ति निर्माण गरिएकाे छ ।
कृषि परिसरमा रहेकाे यिनै दृश्य हेर्ने र फाेटाे खिच्नेकाे भीड थामिनसक्नु छ । यता विभिन्ना जातजातिकाे परम्परागत घर हेर्ने र फाेटाे खिच्नेकाे भीड पनि उस्तै रहेकाे छ । रत्ननगर महाेत्सवकै इतिहासमा पहिलाे पटक सञ्चालन गरिएकाे माेटलबाट चढेर जलयात्रा गर्नेकाे पनि संख्या उत्तिकै छ । त्यसैगरी उद्यमी महिलाहरुले उत्पादन गरेका सामाग्रीहरु समेत महत्सवमा अपेक्षाकृत विक्री भइरहेकाे छ । घरेलु अचार, हस्तकलाका सामाग्री, ग्रुन्द्रुक लगायतका सामाग्री उत्पादन गरि महिलाहरुले महाेत्सवमा विक्रीका लागि राखेका छन् । सहकारीले उत्पादन गरेका दुधका परिकारहरुले महाेत्सवमा राम्राे बजार पाएका छन् । रत्ननगर महाेत्सवकाे १२ औं संस्करणमा कृषि र पर्यटनलाई प्राथमिकता दिइएकाे छ । महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानीय कला र संस्कृति सहित राष्ट्रिय, अन्तराष्ट्रिय तथा बहुराष्ट्रिय गरि करिब ४५० स्टलहरु रहेका छन् ।
यस पटकको महोत्सवमा तीन लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करीब २५ करोडभन्दा बढिको कारोबार हुने अपेक्षा र अनुमान गरिएको संघका अध्यक्ष तथा महाेत्सव मुल समाराेह समितिका संयाेजक शंकर गिरीले बताए । हामीले अपेक्षागरे अनुसार नै अबलाेकनकर्ताहरु आउनु भएकाे छ संघका अध्यक्ष गिरीले भने उद्देश्यप्राप्तीमा महाेत्सव नजिक नजिक पुगेकाे छ । रत्ननगर महाेत्सव माघ ८ गते सम्म चल्नेछ ।