रत्ननगर । रत्नगगर वडा नं१३ स्थित जनहित बहुउद्देश्यीय सहकारी संस्था लि. को २५औं बार्षिक साधारण सभा तथा रजत जयन्ती समारोह शुक्रबार सम्पन्न भएको छ । वागमती प्रदेशका पूर्वमन्त्री तथा सांसद कृष्णप्रसाद खनाल प्रमुख अतिथि रहेको सो कार्यक्रममा संस्थाका अध्यक्ष टीका बहादुर थापाले भावि कार्ययोजना, नीति तथा कार्यक्रम, सचिव नरहरी पुरीले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । बचत तथा ऋण र दूध संकलन र विक्री गर्दै आइरहेको सो सहकारीमा बचत तथा ऋण तर्फ ४७२ र दूध तर्फ १८२ जना शेयर सदस्य रहेका छन् । साधारण सभामा बचत तथा ऋण तर्फ असल ऋणिको रुपमा पुनम तिमिल्सिना, इश्वरीमाया भूजेल, प्रेमप्रसाद अधिकारी, राजन थापा, नारायणबाब भट्ट, मन्दिरा सापकोटा, बुद्धिबहादुर पाठक, शारदा बहादुर अधिकारी, शान्ता ढकाल, समुद्र प्रसाद पाठक, रिता गिरी, विमल प्रसाद ढकाल, सीता भूजेल, विन्दा कालाखेती, भोज बहादुर भूजेल, सुरज खनाल र जानुका मगरलाई सम्मान गरिएको छ । असल मुद्दती बचत तर्फ रुद्र प्रसाद पाध्य, विष्णुप्रसाद बस्तोला, रुद्रमाया पाध्य र सिलकुमारी पाध्यलाई सम्मान गरिएको छ । कार्यक्रममा संस्थापक अध्यक्ष डम्बर पुरी सहित संस्थापक पदाधिकारी, सदरस्य र लेखा समितिका संयोजक तथा सदस्यहरू, संस्थागत विकासमा योगदान गर्ने देविप्रसाद क्षेत्री, शेषरमण खनाल, केदार बहादुर भण्डारीलाई सम्मान गरिएको छ । दूध उत्पादन तर्फ सबै भन्दा बढी दूध विक्री गर्ने विमल प्रसाद ढकाल, सरस्वती अधिकारी, प्रकाश भट्टराई, टीकादेवी पुरी, श्याम बहादुर रेग्मी, खुमाकुमारी लम्साल तथा गुणस्तरीय दूध तर्फ गीता भट्टलाई पुरस्कृत गरिएको छ । कार्यक्रममा ऐच्छिक बचत तर्फ रोहिणीप्रसाद तिवारी,दैनिक बचत तर्फ विपिसा खड्का, बाल बचत कर्ताको रुपमा इनिसा बस्नेत, उत्कृष्ट कर्मचारीको रुपमा श्रीमाया तामाङ, इश्वरीप्रसाद गौतम र एसईईमा उत्कृष्ट अंक ल्याउने विनय गौतमलाई समेत पुरस्कृत गरिएको संस्थाका उपाध्यक्ष भरतबाबु भट्टराईले जानकारी दिए । संस्थाका अध्यक्ष टीका बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं १३ का वडाध्यक्ष पोटबहादुर घिमिरे, सहकारीका संस्थापक अध्यक्ष डम्बर पुरी, जयमंगला दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष शिबप्रसाद भट्ट, दाजु बहिनी कृषि सहकारी संस्थाका अध्यक्ष इश्वरप्रसाद खनाल, साहित्यकार केदारनाथ खनाल लगायतले मन्तव्य राखेका थिए । सचिव पुरीले सञ्चालन गरेको सो कार्यक्रममा उपाध्यक्ष भट्टराईले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार