रत्ननगर, पौष २१ ।

रत्ननगर वडा नम्बर ८ को चित्रसारीमा सम्पन्न नगरस्तरिय ब्याडमिन्टन प्रतियोगितामा रत्ननगर वडा नम्बर १२ का सुर्य बगाले र विशाल ढकालको जोडी विजयी भएको छ । चित्रसेन क्लबको आयोजनामा चित्रसारीमा सम्पन प्रतियोगितामा जगदिश अधिकारी र किरण थापाको टोलिलाई पराजीत गर्दै बगाले र विशालको टोली विजयी भएको हो ।

प्रतियोगितामा कृष्ण प्रसाद पौडेल र हरिशरण भट्टराईको जोडीले तृतिय स्थान हासील गरे । चित्रसारीमा भएको प्रतियोगिताका विजेतालाई प्रमुख अतिथी वडा नम्बर ८ का वडाध्यक्ष कृष्ण चौधरीले ट्रफी र प्रमाण पत्र प्रदान गरेका थिए ।

प्रतियोगितामा विजेता टोलीलाई बधाई दिंदै वडाध्यक्ष कृष्ण चौधरीले वडाले वडाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै खेल क्षेत्रबाटै भविष्य बनाउन चाहने वडाका खेलाडीलाई वडाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा राप्रकाका क्षेत्रिय अध्यक्ष बलराम खनाल, लोकतान्त्रीक खेलकुद संघ चितवनका अध्यक्ष कृष्ण बहादुर नेपाल( सुजन), द नेक्स्ट एजुकेशन कन्सल्टेन्सीका रत्ननगरका अजय महत (सनम) लगायतको सहभागिता रहेको थियो । दुई दिनसम्म चलेको प्रतियोगितामा २४ टिमको सहभागिता रहेको थियो । क्लबका अध्यक्ष हरिशरण पाठकको अध्यक्षतामा भएको कार्यक्रम शितल मरहठ्ठाले संचालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार