चितवन : उद्योगी व्यवसायीहरूको छाता संगठन उद्योग वाणिज्य संघ चितवनको ५७ औँ साधारण सभा तथा अधिवेशनअन्तर्गत मंगलबार उमेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिएको छ । निर्वाचन समितिले दिउसो १ः३० बजे उमेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको प्रमुख निर्वाचन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिए ।
सार्वजनिक गरिएको अन्तिम नामावलीअनुसार वस्तुगततर्फका चार जना र क्षेत्रीय संघतर्फका एक जना सदस्य निर्विरोध भएका छन् । आवश्यक संख्याभन्दा बढी उमेदवारी नपरेपछि पाँच जना निर्विरोध निर्वाचित भएका हुन् । उनीहरूको कोटामा मतदान हुनेछैन ।
वस्तुगततर्फ सदस्यहरू दीपक काफ्ले, नरेश खनाल, विष्णु लम्साल र शंकरप्रसाद घिमिरेको मात्रै उम्मेदवारी परेपछि उनीहरू निर्विरोध निर्वाचित भएका हुन् । त्यसैगरी क्षेत्रीय संघतर्फ कार्यसमिति सदस्यमा मणिरत्न शाक्य निर्विरोध भएका छन् । वस्तुगततर्फ उमेदवारी दिएका आरती शाह र नवराज सुवेदीले उमेदवारी फिर्ता लिएपछि कुरा मिलेको हो ।
आगामी २३ गते हुने अधिवेशनमा अब अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष (उद्योग, वाणिज्य,कर्पोरेट/वस्तुगत) र सदस्यहरूका लागि मतदान हुने भएको छ । अन्तिम नामावली सार्वजनिक भएसँगै उमेदवारहरूले आन्तरिक भेटघाट र छलफललाई तीव्रता दिएका छन् । अधिवेशनमा २७ सय बढी मतदाताले भोट हाल्ने तयारी छ ।
यस्तो छ उम्मेदबारको अन्तिम नामावली :



