रत्ननगर । रत्ननगर जेसिजको २५ औँ शाखा अधिवेशन तथा वार्षिक साधारणसभा बाट बर्ष २०२४ का लागि अध्यक्षको रुपमा नरहरी पुरी चयन भएका छन् । आज सम्पन्न शाखा अधिबेशन तथा वार्षिक साधारणसभा बाट पुरी अध्यक्षका रुपमा चयन भएका छन् । अधिवेसनले कार्यकारिणी उपाध्यक्षमा किरण लामिछाने र राम प्रसाद पाण्डे कानुनी सल्लाहकारमा उपेन्द्र आचार्य कोषाध्यक्षमा सचितराज जोशी महासचिवमा सुरेश जंग पाण्डे उपाध्यक्षमा सौरभ रिजाल, दिपक आचार्य, रुपेश तिमिल्सिना र उपेन्द्र खनाल निर्देशकमा पुजनराज जोशी चयन भएको मनोनयन अधिकृत हेमराज आचार्यले जानकारी दिएका छन् ।

