६ पौष, खैरहनी । आधारभूत विद्यालय खैरहनी ११ खरखुट्टेका ९३ जना विद्यार्थीहरुलाई न्यानो कपडा हस्तान्तरण गरिएको छ । शिक्षाप्रेमी एवं समाजसेवी थानाप्रसाद ढकालले उक्त सहयोग हस्तान्तरण गर्नुभएको हो । जाडोको मौसममा विपन्न विद्यार्थीहरुको समस्या देखेपछि आफुले सो सहायो गरेको स्थानिय समेत रहेका ढकालले जानकारी दिए ।
कार्यक्रममा वडा सदस्य, पुर्व वडाध्यक्ष, शिक्षक, अभिभावक तथा विद्यालयका विद्यार्थीहरुको उपस्थिति रहेको थियो । विद्यालयको त्रैमासिक नतिजा प्रकासनको अवसरमा न्यानो कपडा हस्तान्तरण गरिएको थियो । विपन्नताको रेखामुनि जीवन गुजार्नुपरेको वाध्यताका विच आफुहरुले आफ्नो बाबुनानीहरुको लागी कपडा खरिद गर्न अफ्ठ्यारो परेको बेला ढकालको सहयोगले आफुहरु निकै खुसि भएको प्रतिक्रिया अभिभावकहरुले दिएका थिए ।
विद्यालयका प्रधानाध्यापक वासु धमालाले विद्यालयमा प्राप्त हुने यस्तो सहयोगले विपन्न विद्यार्थीहरुको शैक्षिक जिन्दगीमा सकारात्मक प्रभाव पार्ने बताउनुभएको थियो । विद्यार्थीहरुको शुभचिन्तक बनेर सहयोग गरेको भन्दै विद्यालय परिवारले समाजसेवी थानाप्रसाद ढकाललाई सम्मान समेत गरेको थियो ।



