रत्ननगर । रोटरी क्लव अफ रत्ननगरको चौथो एसेम्ली तथा ११२७ नियमित वैठक क्लवका अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । होटल स्टार चितवनमा आयोजित उक्त कार्यक्रममा ड्रिस्टिक ३२९२ का ड्रिस्टिक गभर्नर राजेन्द्र प्रसाद धोजु, जोन ३६ का सहायक गभर्नर दिनुप बराल, जोन ३७ का सहायक गभर्नर सुरेन्द्रनाथ रेग्मी, ड्रिस्टिक सचिव दिनेश मानन्धरको उपस्थिति रहेको थियो ।
सोहि समारोह अन्तर्गत दुई नया सदस्यहरुलाई पिन लगाईएको छ । माधव खतिवडा र डा. खेम आचार्य नया सदस्यका रुपमा प्रवेस गर्नुभएको हो ।
कार्यक्रमको पुर्व सन्ध्यामा ड्रिस्टिक गभर्नर राजेन्द्र प्रसाद धोजुले रोटरी क्लवद्वारा निर्माण गरिएको रोटरी प्रतीक्षालय, रोटरी लाईब्रेरी, टिकौलीमा रहेको निशुल्क सार्वजनिक शौचालय निरीक्षण गर्नुभएको थियो । अनुगमन पश्चात रत्ननगर रोटरी क्लवको कार्य उत्कृष्ठ रहेको धोजुले प्रतिक्रिया दिनुभयो ।
कार्यक्रममा पुर्व अध्यक्षहरु जनक पाैडेल, जगन्नाथ अधिकारी, विपिन पाेख्रेल लगायत ५ कमिटि सदस्यहरुले क्लवको अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो ।

