२५ मङ्सिर, रत्ननगर । सौराहा जेसिज बर्ष २०२४ को अध्यक्षमा रञ्जन भण्डारी चयन भएका छन् । जेसिजको शनिबार सम्पन्न १५ औं साधारण सभाले भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको कार्यकारणी उपाध्यक्षमा अशोक भुषाल, राम बहादुर परियार, महासचिवमा जयराम घिमिरे, कोषाध्यक्षमा संगम घिमिरे, सह कोषाध्यक्षमा अमृत पौडेल र सचिवमा रोशन घिमिरे चयन भएका छन् ।
अधिवेशनले ४ जना उपाध्यक्ष र ३ निर्देशक समेत चयन गरेको छ । समितिको उपाध्यक्षमा दिक्षान्त रिजाल, केशब अर्याल, सागर दवाडी र शुसान्त लामिछाने, निर्देशकमा राम कुमार गुरौ, घनश्याम चौधरी र धनुस चौधरी रहेका छन् । अधिवेशनले ट्रेनिङ्ग कोअडिनेटरको जिम्मेवारी वर्ष २०२३ का उपाध्यक्ष रमेश नेपाललाई दिएको छ भने कानुनी सल्लाहकारमा भरत पौडेल, निर्वाचन आयुक्तमा विकास श्रेष्ठ,निर्वाचन आयुक्त सदस्यमा हरि दाहाल र ठाकुर प्रसाद भण्डारीलाई चयन गरेको छ ।
जेसिजको संस्थागत अध्यक्ष सरद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा पूर्व अध्यक्ष तथा राष्ट्रिय कार्यकारी उपाध्यक्ष शिव प्रसाद भुषालले स्वागत मन्तब्य राखेका थिए । नेपाल जेसिजले उत्कृष्ठ शाखाको रुपमा हेर्दै आइरहेको सौराहा जेसिजले बर्ष २०२३ मा गरेको कामको समिक्षा गर्दै बर्ष २०२३ का अध्यक्ष सुरेस भुषालले समग्रमा जेसिजले गरेको कार्य सन्तोषजनक रहेको भन्दै समितिका सबै सदस्यलाई धन्यबाद दिए । अधिवेशनमा पूर्व अध्यक्षहरुको समेत उल्लेख्य उपस्थिती रहेको थियो ।

