काठमाडौँ । एसिसी यू–१९ एसिया कपमा पाकिस्तानसँग नेपाल पराजित भएको छ । दुबईमा रहेको आइसिसी एकेडेमी ओभल–२ मैदानमा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले ४७.२ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ५२ रन बनायो । नेपालका लागी उत्तम मगरले सर्वाधिक ५१ रन बनाए । त्यस्तै दिपेश कंडेलले ३१, अर्जुन कुमालले २१ रन बनाए भने अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
बलिङ तर्फ पाकिस्तानका मोहम्मद जिसानले ६, अमिर हसनले २ तथा उबैद शाह र अलि अस्फंदले समान १/१ विकेट लिए ।
१ सय ५३ रनको सामान्य लक्ष्य पच्छाएको पाकिस्तानले मात्र २६.२ ओभरमा ३ विकेटको नोक्सानीमा लक्ष्य भेट्टायो । पाकिस्तानका लागी अञ्जन अवाईसले अविजित ५६, कप्तान साड बाईगले ५०, मोहम्मद जिसानले अविजित २० तथा शाहजाईब खानले १५ रन बनाए ।
बलिङ तर्फ नेपालका गुलसन झाले २ तथा आकास त्रिपाठीले १ विकेट लिए ।
नेपाल रहेको समूह ‘ए’ मा भारत, पाकिस्तान र अफगानिस्तान छन्। समूह ‘बी’मा युएई, जापान, बंगलादेश र श्रीलंका छन् । नेपालले दोस्रो खेल अफगानिस्तानसँग मंसिर २४ र तेस्रो खेल भारतसँग मंसिर २६ मा खेल्नेछ। समूहका २ शीर्ष टिम सेमिफाइनल पुग्नेछन्।

