मङ्सिर ९, रत्ननगर । पिठुवा साना किसान कृषि सहकारि संस्था लि. रत्ननगर १४ को चौथो साधारण सभा तथा प्रथम अधिवेसन आज रत्ननगर १४ स्थित संस्थाको आफ्नै निर्माणाधिन भवनमा सम्पन्न भएको छ । अधिवेसनले ९ सदस्यीय कार्यसमिति चयन समेत गरेको छ ।

निर्विरोध निर्वाचित कार्यसमिति अन्तर्गत पुन: विष्णु भण्डारी अध्यक्ष मा चयन हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा कान्ता रेग्मी, सदस्यहरुमा सिता कोइराला, अप्सरा खतिवडा, अम्बिका घिमिरे, अरुणा कट्टेल, खिलमाया श्रेष्ठ, रिता नेपाल र कमला नेपाल चयन हुनुभएको छ । त्यस्तै सरस्वति न्यौपाने लेखा संयोजक, निशा बगाले र कोपिला पन्त लेखा सदस्य पदमा चयन हुनुभएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएको प्रदेश सांसद कृष्ण प्रसाद खनालले कृषि सहकारीले यसका सदस्यहरुमा आत्मनिर्भर बनाउन भूमिका खेलेको बारेमा चर्चा गर्नुभएको थियो । यो सहकारीले बनाएको योजना तथा कार्यक्रमहरुमा प्रदेश सरकारको सदैव सहयोग रहने समेत उँहाको भनाई थियो ।

कार्यक्रममा निवर्तमान वडाध्यक्ष तथा संस्थाका सल्लाहकार हरिकुमार श्रेष्ठ, रत्ननगर १४ का वडा सदस्य एवं कार्यपालिका सदस्य सानु बस्नेत, वडा नम्बर १५ का कार्यवाहक अध्यक्ष ईमप्रसाद पन्त, वडा नम्बर १६ का अध्यक्ष हेमराज थापा लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा उपस्थित हुनुभएका स्थानिय निकायका प्रतिनिधी तथा पदाधिकारीहरुले संस्थाको निर्माणाधीन भवनका लागी साथै वोभिन्न सिपमुलक तालिम संचालन गर्न सकेको सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

संस्थाको उपाध्यक्ष कान्ता रेग्मीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम लाई संस्थाकी सदस्य रिता नेपालले संचालन गर्नुभएको थियो । कार्यक्रम संस्थाको अध्यक्ष विष्णु भण्डारीको अध्यक्षतामामा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार