रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १० स्थित श्रीकृष्ण प्रणामी मन्दिर टिकौलीमा यही मंसिर ११ गतेदेखि श्रीमत्तारतम बाणी चर्चा पाठपारायण तथा श्रीमद्भागवत कथा प्रबचन एवम् धनधान्याचल ज्ञानमहायज्ञ हुने भएको छ । धर्मसंस्कृतिको संरक्षणसंगै गुरुकुलम र धर्मशालाको भवन निर्माणको लागि जग्गा खरिद गर्न आर्थिक संकलन गर्ने उद्देश्यले मंसिर ११ गतेदेखि १७ गते सम्म ज्ञानमहायज्ञ आयोजना गरिएको हो ।

श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल इकाई कार्यसमिति टिकौलीले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी ज्ञानमहायज्ञको गर्नुको उद्देश्य र तयारीको बारेमा जानकारी गराएको हो । ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । लामो इतिहास बोकेको सो मन्दिरको भौतिक पूर्वाधार निर्माण गरी धार्मिम पर्यटकीय स्थलको रुपमा विकास गर्न महायज्ञ आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लीलाराज सुवेदीले जानकारी दिए । पछिल्लो समय हिन्दुधर्म संकटमा परेको भन्दै उनले हिन्दुधर्म जोगाउन पनि महायज्ञ कोसेढुंगा सावित हुने बताए ।

परिर्वतनका नाममा अधिकाँस नेपालीले मान्दै आएको हिन्दुधर्मको विनास गर्ने काम भएकोमा कोटीहोम, ज्ञानमहायज्ञ जस्ता कार्यक्रम गरेर यसको संरक्षण गर्न आवश्यक रहेको उनको भनाई छ । ज्ञानमहायज्ञमा धर्मगुरु प्रमोद सुधाकरले कथाबाचन गर्ने छन् । संस्कृतिक शिक्षालाई जोगाउन गुरुकुलम सञ्चालन तथा धार्मिक पर्यटनको विकासको लागि धर्मशाला निर्माण गर्ने योजना रहेको समितिका उपाध्यक्ष जगदिश बरालले जानकारी दिए । मुलुकको तेस्रो पर्यटकीय गन्तव्य सौराहाको निकटमा रहेको टिकौलीमा अबस्थित श्रीकृष्ण प्रणामी मन्दिरलाई आर्कषक बनाएर धर्मशाला निर्माण गरी धार्मिक पर्यटकलाई भित्र्याउने योजना रहेको उनको भनाई थियो ।

पत्रकार सम्मेलनमा प्रचारप्रसार समितिका संयोजक बालकृष्ण अम्गाईले महायज्ञ सम्पन्न गर्न करिब २५ लाख खर्च लाग्ने र एक करोड रुपैया संकलन गर्ने लक्ष्य रहेको जानकारी दिए । कार्यक्रममा समितिका महाससचिव देवराज पराजुली, श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रीय सदस्य केशबप्रसाद अधिकारीले ज्ञानमहायज्ञको तयारीका बारेमा प्रकास पारेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार