रत्ननगर । गंगा प्लाजा व्यवासायी समितिले बडा दसैं, शुभदीपावली र छठ पर्वको अबसर पारेर सुरु गरेको कुपन योजनाको नतिजा मंसिर ७ गते हरिबोधनी एकदशीको दिन सार्वजनिक गरिने भएको छ । रत्ननगर वडा नं १ सौराहाचोकमा अबस्थित गंगा प्लाजा सुपर मार्केटमा सो उपहार कुपन योजना सुरु गरिएको थियो ।

गंगा प्लाजा सुपर मार्केटमा रहेका हरेक पसलबाट सामान खरिद गर्दा ग्राहकलाई कुपन प्रदान गरिएको थियो । सोही कुपन उपहार योजनाको नतिजा सार्वजनिक गर्न लागिएको हो । लक्की ड्र मार्फत २६ जना ग्राहकले उपहार पाउने छन् । प्रथम पुरस्कार वासिङ मेसिन, दोस्रो पुरस्कार फ्रिज, तेस्रो र चौथो पुरस्कार टेलिभिजन, पाँचौ पुरस्कार माइक्रोओभन, छैठौं पुरस्कार भ्याकुम क्लिनर र २० जनालाई सान्त्वना पुरस्कार स्वरुप आइरत प्रदान गरिएने समितिका सल्लाहकार शंकर पौडेलले जानकारी दिए ।

नतिजा दिउसो साढे १२ बजे सार्वजनिक गर्ने कार्यक्रम रहेको हुँदा सामान खरिद गरेका ग्राहकहरु कुपन लिएर उपस्थित भइदिनुहुन आग्रह गरिएको पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार