रत्ननगर । रत्ननगर वडा नं १ निपनीमा रहेको गायत्री हरिहर मन्दिर संरक्षण समितिको २५औं बार्षिक साधारण सभा शनिबार गरिएको छ । साधारण सभाको बागमती प्रदेशका पूर्व मन्त्री तथा सांसद कृष्णप्रसाख खनालले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरेका थिए । सो अबसरमा उनले हरिहर मन्दिरलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न थप सहयोग गर्ने प्रतिबद्धता जनाए । बागमती प्रदेश सरकारले धर्मशाला निर्माणको लागि आर्थिक सहयोग गरेको भन्दै धर्मशाला निर्माणको काम सम्पन्न गर्न र गुरुकुलम सञ्चालनको लागि थप सहयोग गर्ने बताए ।

कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका सचिव सोमप्रसाद भट्ट र कोषाध्यक्ष मुकुन्द प्रसाद आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । धर्मशाला निर्माण समितिका संयोजक शंकर गिरीले प्रदेश सरकारको तीन करोड ६० लाख, केन्द्र सरकारकमो ७ लाख,रत्ननगर नगरपालिकाको १० लाख र मन्दिर सहभागितामा धर्मशालाको दुई वटा भवन निर्माण भइरहेको बताए । हरिहर मन्दिर पुरानो धार्मिक संस्था रहेको भन्दै गिरीले यसलाई पर्यटकीय धामको रुपमा विकास गर्ने योजना रहेको बताए । मन्दिर संरक्षण समितिले सञ्चालन गरेको गुरुकुलममा हाल ७१ जना विद्यार्थी अध्यायनरत रहेका छन् । संस्कृति विद्यालाई जोगाउन मन्दिरले गुरुकुलम विद्यालय सञ्चालन गरेको हो ।

गुरुकुलम सञ्चालनमा बार्षिक ६५ लाख रुपैया खर्च हुने गरेको छ । साधारण सभामा मन्दिर र गुरुकुलमको संस्थागत विकासमा योगदान गरेका शुभद्रा अधिकारी, निलकण्ठ पुरी, रामचन्द्र तिमिल्सिना, सन्तोष अधिकारी र सुरेश विष्टलाई सम्मान गरिएको थियो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नेमराज शर्मा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य शेषनाथ अधिकारी, वडा सदस्य उमादेवी पौडेल,जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, गुरुकुलमका प्राचार्य सन्तोष अधिकारी, समाजसेवीहरु हरिशरण पाठक, हुतराज पन्त,रुपनराज घिमिरे, अधिबक्ता गोविन्द गौतम, आजिवन सदस्य शरला सुवेदी लगायतले मन्तव्य राखेका थिए । साधारण सभाको बन्दसत्रले प्रगति र आर्थिक प्रतिवेदन सर्बसम्मत पारित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार