काठमाडौं । जाजरकोटमा फेरि भूकम्पको धक्का महशुस भएको छ। सोमबार ४ बजेर ३१ मिनेटमा जाजरकोट केन्द्रविन्दु भएर ५.६ रेक्टर स्केलको भूकम्प गएको भारतीय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पपछि मानिसहरूको भागदौड मच्चिएको जाजरकोटमा रहेका अन्नपूर्ण फोटो पत्रकार अभिशेक महर्जनले जानकारी दिएका छन्।शुक्रबार राति ठूलो भूकम्प गएपछि त्यसको पराकम्म जाने क्रम जारी छ। भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा १५३ जनाको मृत्यु भएको छ भने करिब २ सय जना घाइते भएका छन्।

पराकम्पहरू निरन्तर आइरहेपछि जाजरकोट र रुकुम पश्चिमका स्थानीयहरू त्रसित भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार