रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं १३ र १५ का विपन्न समुदायका महिलाहरुलाई रुपान्तरणकारी सामाजिक परिचालन तालिम दिइएको छ । आयआर्जनका लागि बाख्रापालन र तरकारी खेती तालिम लिएका दुई वडाका महिलाहरुको आर्थिक र सामाजिक अबस्थामा सुधार ल्याउन पाँच दिने तालिम दिइएको हो ।

युएसएआइडीको आर्थिक सहयोगमा नेपाल दलित महिला संघ (एडवान) ले सञ्चालन गरेको महिलाको अगुवाइमा आर्थिक अबसरको प्रबर्धन नामक परियोजना अन्तर्गत आयोजित सो तालिममा ४० जनाको सहभागिता रहेको थियो । तालिकमा महिला अधिकार, हिंसा न्यूनीकरण, सामाजिक विभेदको अन्त्य, शिक्षा र स्वास्थ्य, स्थानीय तहमा अबसरको खोजी लगायतका विषयमा महिलाहरुलाइ प्रशिक्षण दिइने परियोजनाकी चितवन जिल्ला फिल्ड कोअडिनेटर कमला रानाले जानकारी दिइन् ।

तालिममा अनुभवी प्रशिक्षक सोनालाल चौधरीले सहजीकरण गरेका थिए । पाँच दिने सो तालिम आइतबार सकिएको छ । समापन कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत छविलाल सुवेदी, वडा नं १५ का वडाध्यक्ष आशिक तामाङले प्रमाणपत्र वितरण गरेका थिए । तालिम समापन कार्यक्रममा चेतनशिल महिला समुह र महिला जनशक्ति कोसिस कृषक समुहलाई प्रति समुह ६० हजार रुपैया विउ पूजिको रुपमा उपलब्ध गराएएको छ ।

परियोजनाकी कोअडिनेटर रानाले आयआर्जनको लागि बाख्रापालन र तरकारी खेती तालिम दिइएका विपन्न समुदायका महिलाहरुको सामाजिक अबस्थामा सुधार गर्न रुपान्तरणकारी तालिम दिइएको बताइन् । उनले आयआर्जनका कार्यक्रम सञ्चालनको लागि बिउपूजिको रुपमा प्रति समुह ६० हजार रुपैया प्रदान गरिएको बताइन् । एडवानकी उपाध्यक्ष तीर्थकुमारी विकले विपन्न समुदायका महिलाहरुको जीवनयापनलाई सहज बनाउन सशक्तिकरण र आयआर्जनका कार्यक्रम सञ्चालन गरिएको बताइन् ।

समापन कार्यक्रममा वडा नं १५ का वडाध्यक्ष तामाङ, महिला विकास अधिकृत दीपा घिमिरे, वडा नं १३ की वडा सदस्य शारदा न्यौपाने, वडा नं १५ की वडा सदस्य रुपमाया परियार,सहभागीको तर्फबाट चन्द्रिका केसी लगायतले मन्तव्य राखेका थिए । एडवानकी उपाध्यक्ष विकको अध्यक्षतामा समापन कार्यक्रम भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार