१८ कार्तिक, रत्ननगर । रत्ननगर १० मा रहेको एञ्जल्स वर्ल्ड स्कुलले दोश्रो त्रैमासिक परिक्षाफल प्रकाशन गरेको छ । सोहि अवसरमा त्रैमासिक परिक्षामा सर्वोत्कृष्ठ हुन सफल विद्यार्थीहरुलाई पुरस्कार उपलव्ध गराईएको छ । कार्यक्रम अन्तर्गत विद्यालयले विद्यार्थीहरुको परिक्षाफल सम्बन्धित अभिभावकहरुलाई हस्तान्तरण समेत गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथी समेत रहनु भएका विद्यालय संचालक समितिका कार्यवाहक अध्यक्ष सोम प्रसाद भट्ट तथा विशिष्ठ अतिथि क्रिष्टल कलेजका प्रमुख एकबहादुर जिसीले विद्यार्थीहरुलाई पुरस्कार प्रदान गर्नुभएको थियो । कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य गणेश शर्माले एञ्जल्स स्कुलका अभिभावकहरुलाई सम्वोधन गर्दै विद्यार्थी उत्कृष्ठ हुन अभिभावकको भूमिका प्रमुख हुने बताउनुभयो।
विद्यालयमा हाल अतिरिक्त क्रियाकलापका रुपमा उद्घोषणकला, नृत्य कक्षा, स्काउट, तेक्वान्दो जस्ता कक्षाहरु संचालन भैरहेको छ । विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख राजाराम कार्कीले स्वागत मन्तव्य राख्नुभाको कार्यक्रमलाई विद्यालयकी शिक्षिका कविता ढकालले संचालन गर्नुभएको थियो ।





