काठमाण्डौ, कार्तिक १० । त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधि यूएईले जितेको छ । १ सय ६३ रनको विजय लक्ष्य पाएको यूएईले २ बल अगावै नतिजा आफ्नो पक्षमा पारेको हो । टस हारेर पहिले व्याटिङमा उत्रिएको नेपालका पछिल्लो क्रमका व्याटर नचले संगै नेपालले ८ विकेटको नोक्सानीमा मात्र १ सय ६२ रन जोड्न सफल रह्यो । ओपनर कुशल भुर्तेलले सर्वाधिक ५० रन बनाए । आसिफ शेख ७, कुशल मल्ल १, रोहित पौडेल १८, दिपेन्द्र सिंह ऐरी २०, सन्दीप जोरा ५, गुल्सन झा ५, सोमपाल कामीले १३ रन बनाए । करण केसीले १७ बलमा अविजित २३ रन बनाउँदै नेपालको इनिङ्सलाई केही उकासेका थिए । अविनाश बोहोरा शुन्य रनमा अविजित रहे ।
यूएईका आयन खानले ३ तथा अली नासिर र जहुर खानले समान दुई विकेट लिए । जुनेद सिद्धीकीको नाममा एक विकेट रह्यो ।
आक्रामक व्याटिङ मार्फत आफ्नो पारी सुरुवात गरेको यूएईका लागी कप्तान मोहम्मद वासिमले ४५, आर्यंस शर्माले २५ , बृत्या अर्भिंदले २६, आसिफ खानले ७, आलिसान सार्फुले १३, बासिद हमिदले अविजित २२, अलि नासिरले ११ त्यस्तै आयन अफ्जुल खानले अविजित ५ रन बनाए ।
नेपालका लागी गुलसन झा र अविनास बोहराले समान २/२ विकेट लिए भने कुशल मल्लले १ विकेट लिए । शृंखला भरि अपराजित रहेको नेपालले फाइनलमा ४ विकेटको हाल बेहोरेको हो ।

