चितवन । स्वदेशमै उत्पादन भएका गुणस्तरिय नेपाली जुत्ता बजार मूल्य भन्दा सस्तोमा पाएपछि उपभोक्ता सन्तुष्ठ भएका छन् । भरतपुर स्थित चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा गत असोज १० गते देखी लागिरहेको स्वदेशी जुत्ता चप्पल दशैँ महोत्सवमा उपभोक्ताहरुको प्रतिक्रिया लिदा उनीहरुले आफुहरु सन्तुष्ठ भएको प्रतिक्रिया दिएका हुन् , सस्तो र राम्रो पाएपछी चितवन जुत्ता चप्पल मेलामा ग्राहकको घुइँचो समेत लागेको छ । चितवन उद्योग संघको आयोजना तथा नेपाली जुत्ता घरको सहकार्यमा मेला आगामी ३० गते सम्म हुने छ ।
जुत्ता मेलामा आएका रत्ननगर १० का दिलिप महतले एकै ठाउँमा सबै उमेर समुहलाई मिल्ने स्वदेशी ब्राण्डका सस्तो र बलियो जुत्ताचप्पल पाईनु उपभोक्ताको लागी अवसर भएको र आफु स्वदेशका सामानहरुको प्रवर्धनमा रुचि राख्ने भएको कारण पनी जुत्ता मेलामा उपस्थित भएको बताए ।
उनी मात्र हैन जुत्ता चप्पलले सबै क्षेत्र तथा बर्गका उपभोक्ताको ध्यान तानेको छ। नेपालमै उत्पादित गुणस्तरिय स्वदेशी जुत्ता चप्पल तथा छालाजन्य सामाग्री खरिद गर्न दिनभर प्रदर्शनी केन्द्रमा विभिन्न क्षेत्रबाट आउने उपभोक्ताहरुको भिड लाग्ने गरेको छ । उक्त मेलामा भरतपुर ११ बाट आएकी प्रशंशा खनियाले नेपालको उत्पादन राम्रो हुने गरेको बताईन , सुपथ मूल्यमा गुणस्तरीय सामान उपलव्ध हुने भएका कारण मेलामा उपस्थित हुन उनले आग्रह समेत गरेकी छिन् ।
महोत्सवमा पि जि शुज, बि एफ डियरहिल शुज, स्मार्ट शुज, फुट स्टेप, क्रसरोड, फर्स्ट वाक, शुजल्याण्ड, रनशुज, डिजे कलेक्सन, केटिएम शुज, शिल, हाईलाईफ़, बेली लगायतको नेपालका प्रख्यात १३ ब्राण्डका जुत्ता, चप्पल तथा छाला बाट उत्पादित सामाग्रीहरु उपलब्ध रहेका छन् ।

