रत्ननगर । साना निर्माण व्यवसायी संघ जिल्ला समन्वय समिति चितवनको अध्यक्षमा केदार अधिकारी चयन भएका छन् । समन्वय समितिको विहीबार रत्ननगरमा सम्पन्न चौथो साधारण सभा तथा तेस्रो अधिवेशनले अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको बरिष्ठ उपाध्यक्षमा मदन पासवान, उपाध्यक्षमा शुक्रबहादुर मिजार, कपिल घिमिरे, श्यामराज राजबंशी, महासचिवमा कुलबहादुर राई, सचिवमा धनसिंह ठाडामगर, सहसचिवमा राजाराम नेपाल, कोषाध्यक्षमा कृष्ण बहादुर पौडेल र सदस्यमा यमबहादुर श्रेष्ठ, राजकुमार तामाङ, हेमप्रसाद पन्त, नवराज अधिकारी, राजकुमार चौधरी, मनकुमार तामाङ, धनिराम महतो र सन्तोष श्रेष्ठ चयन भएका छन् ।

निर्वाचित समितिलाई विहीबारनै पद तथा गोपनीयताको सपथग्रहण गराइएको छ । संघका अध्यक्ष उत्तम घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव रामबहादुर दराईले आर्थिक प्रतिवेदन तथा कोषाध्यक्ष कपिल घिमिरेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । वडा नं १ का वडाध्यक्ष कुल प्रसाद सापकोटा प्रमुख अतिथि रहेको सो कार्यक्रममा पूर्वी चितवन भवन निर्माण सेवा संघका अध्यक्ष हेमप्रसाद पन्त, भवन निर्माण व्यवसायी संघ पूर्वी चितवनका अध्यक्ष यमबहादुर श्रेष्ठ, पूर्वअध्यक्ष कृष्णबहादुर तामाङ, भरतपुर भवन निर्माण व्यवसायी संघका अध्यक्ष मदन हजरा पासवान, भवन निर्माण व्यवसायी समिति खैरहनीका सचिव तेजमान श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार