रत्ननगर । रत्ननगर वडा नं १ सौराहाचोकमा अबस्थित गंगा प्लाजा सुपर मार्केटमा उपहार कुपन योजना सुरु गरिएको छ । गंगा प्लाजा व्यवासायी समितिले बडा दसैं, शुभदीपावली र छठ पर्वको अबसर पारेर आर्कषक सामाग्री सहितको उपहार कुपन योजना सुरु गरेको हो । नेपाली समुदायको मुख्य तीन वटा पर्वको अबसर पारेर व्यवसाय प्रर्वधन गर्ने उद्देश्यले चिठ्ठा उपहार योजना सुरु गरिएको समितिका अध्यक्ष राजकुमार बुढाथोकीले जानकारी दिए । समितिले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी उपहार योजना सुरु गर्नुको उद्देश्य र सुपर मार्केटको प्रचारप्रसार तथा यहाँ पाइने गुणस्तरीय सामानको बारेमा जानकारी दिएको हो । गंगा प्लाजा सुपर मार्केटमा रहेका हरेक पसलबाट सामान खरिद गर्दा ग्राहकलाई कुपन प्रदान गरिने छ ।

लक्की ड्र मार्फत २६ जना ग्राहकले उपहार पाउने छन् । प्रथम पुरस्कार बासिङ मेसिन, दोस्रो पुरस्कार फ्रिज, तेस्रो र चौथो पुरस्कार टेलिभिजन, पाँचौ पुरस्कार माइक्रोओभन, छैनौं पुरस्कार भ्याकुम क्लिनर र २० जनालाई सान्त्वना पुरस्कार स्वरुप आइरत प्रदान गरिएने समितिका सल्लाहकार शंकर पौडेलले जानकारी दिए ।

गंगा प्लाजामा मोवाइल पसल, कपडा पसल, जुत्ता पसल, व्यूटिपार्लर, सुनचादी पसल, कोरियन सप, बेवि सप तथा रेष्टुरेन्ट गरी ५५ वटा पसलहरु रहेको अर्का सल्लाहकार दीपक चापागाईँले जानकारी दिए । पत्रकार सम्मेलनमा समितिका सल्लाहकार विष्णुप्रसाद भट्टराईले गंगा प्लाजा सुपर मार्केट रत्ननगरको उत्कृष्ट बजारको रुपमा स्थापित भइसकेको भन्दै ग्राहकले खोजेका सम्पूर्ण सामान एउटै छातामुनी पाइने बताए । गंगा प्लाजामा गुणस्तरीय सामान सुपथ मुल्यमा पाइने भएकाले आर्कषण बढ्दै गएको उनको भनाई छ । उपहार कुपन योजनाको नतिजा मंसिर ७ गते हरिबोधनी एकादशीको दिन सार्वजनिक गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार