खैरहनी । पुर्वी चितवनको खैरहनी नगरपालिकामा अचार बनाउने दुई दिने तालिम सम्पन्न भएको छ । खैरहनी नगरपालिका वडा नम्बर- ११ द्वारा आयोजित सो तालिम वडा भित्रका दलित तथा एकल महिलाको जीवन उकास्नका लागी प्रदान गरिएको हो। बुधबार देखि वडाको आफ्नै सभा हलमा शुरु भएको सो तालिममा ४० जना सहभागी रहेका थिए ।
वडा नम्बर ११ का वडाअध्यक्ष दिपेन्द्र कुमार दराईको अध्यक्षता रहेको सो कार्यक्रममा खैरहनी नगरपालिकाका उपप्रमुख कविता उप्रेती प्रमुख अतिथीको रुपमा रहनुभएको थियो। कार्यक्रममा बोल्दै उप-प्रमुख उप्रेतीले व्यावसायिक रुपमा अगाडि बढ्न र आर्थिक उपार्जनमा सहयोगी बनोस् भनेर सो तालिम दिइएको बताउनुभयो।
उनले भनिन्, “कोही व्यवसायिक रुपमा अचार बनाउने व्यवसायमा लाग्न चाहे नगरपालिकाले आर्थिक तथा अन्य प्राविधिक सहयोग पनि गर्ने छ । तामा, अकबरे खुर्सानी , मिक्स अचार लगायतका अचार बनाउने कला प्रदान गरिएको सो तालिमको प्रशिक्षक कौसिला खड्का रहनुभएको थियो।

