१६ असोज, भरतपुर। चितवन उद्योग संघको आयोजना तथा नेपाली जुत्ता घरको सहकार्यमा भरतपुर स्थित चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा आयोजित जुत्ता चप्पल दशै महोत्सव २०८० को आज सातौ दिन सम्म आईपुग्दा ५० हजार उपभोक्ताहरुले अवलोकन गरेका छन् । मेलामा राखिएका जुत्ता चप्पलले उपभोक्ताको ध्यान तानेको छ। नेपालमै उत्पादित गुणस्तरिय स्वदेशी जुत्ता चप्पल तथा छालाजन्य सामाग्री खरिद गर्न दिनभर प्रदर्शनी केन्द्रमा उपभोक्ताहरुको भिड लाग्ने गरेको नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिनुभयो। गत असोज १० गते बुधबारबाट शुरु भएको जुत्ता चप्पल महोत्सव आगामी असोज ३० गते सम्म २० दिनका लागि चल्नेछ ।
महोत्सवमा पि जि शुज, बि एफ डियरहिल शुज, स्मार्ट शुज, फुट स्टेप, क्रसरोड, फर्स्ट वाक, शुजल्याण्ड, रनशुज, डिजे कलेक्सन, केटिएम शुज, शिल, हाईलाईफ़, बेली लगायतको नेपालका प्रख्यात १३ ब्राण्डका जुत्ता, चप्पल तथा छाला बाट उत्पादित सामाग्रीहरु उपलब्ध रहेका छन् ।

