१३ असोज, कालिका।
कालिका नगरपालिकाको पदमपुरमा रहेको श्री भीमोदय नमुना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउने भएको छ। गत २०७७ सालमा नै विद्यालयले ५० बर्ष पुरा गरेको भए पनि सो समयमा कोरोना महामारीको संक्रमण का कारण विद्यालयले स्वर्ण महोत्सवको कार्यक्रम स्थगीत गरेको थियो। सो समयमा स्थगित भएको स्वर्ण महोत्सव आगामी पौष १३ गते समापन हुने गरि १५ दिनको विविध कार्यक्रम तय गरिएको विद्यालयको प्रधानाध्यापक इन्द्रनाथ पौडेलले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा विद्यालयलाई वर्तमान अवस्थासम्म ल्याई पुयाउन सहयोग पुयाउनुहुने सबै महानुभावहरुको योगदानलाई स्मरण गर्दै विद्यालयको ऐतिहासिक घटनाक्रम समेतलाई समेटेर स्वर्ण स्मारिका प्रकाशन साथै विभिन्न रचनात्मक र सिर्जनशील कार्यक्रमहरु गरीने पौडेलको भनाई थियो। विद्यालयको उत्सवलाई सफल पार्न विद्यालयले सम्पूर्ण अभिभावकहरु, समाजसेवी, बुद्धिजीवी, शिक्षाप्रेमी, पूर्व विद्यार्थी, राजनीतिकर्मी, पत्रकार एवम् शुभेच्छुक महानुभावहरुबाट रचनात्मक एवम् सकारात्मक सहयोगको अपेक्षा समेत गरेको छ ।

