चितवन । राप्ती नगरपालिकाको परेवाकोटमा रहेको आधारभूत विद्यालय परेवाकोटमा अध्ययनरत विपन्न समुदायका विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुदका सामाग्री वितरण गरिएको छ । रोटरी क्लव अफ पुर्बी चितवन तथा रोट्याक्ट क्लव अफ पूर्वी चितवनले सयुक्त रुपमा विद्यालयका १ सय ७० जना विद्यार्थीहरुलाई कापी, कलम, स्केल, फुटबल, भलिबल, ब्याडमिन्टन वितरण गरेको हो ।
आर्थिक अभावका कारण शैक्षिक सामाग्री खरिद गर्न नसकेर पठनपाठनमा समस्या भएका विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुदका सामाग्री प्रदान गरीदै आएको रोटरी क्लव अफ पूर्वी चितवनका संस्थापक अध्यक्ष राममणी न्यौपानेले जानकारी दिए । विद्यालयमा आयोजित कार्यक्रममा रोटरी क्लव अफ रत्ननगरका पूर्व अध्यक्ष शिवराज उप्रेतीले क्लवको बार्षिक कार्यक्रमको रुपमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको कार्यलाई सम्मान गर्दै आफुले पनि सक्दो सहयोग गर्ने घोषणा गरेका थिए ।
विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुदका सामाग्री वितरण गरिनुको साथै रोट्याक्ट क्लव अफ पूर्वी चितवन र रोट्याक्ट क्लव अफ नारायणी मिड टाउनको सहकार्यमा यसै विद्यालयका ४८ जना छात्रलाई निशुल्क कपाल काट्ने काम पनि सम्पन भएको छ । यस कार्यको लागि कोसिश मेन्स सैलुनका सञ्चालक कोसिश राज छेत्री तथा उनको टोलीले सहयोग गरेको थियो ।
रोट्याक्ट पुर्बी चितवनले चार बर्ष अघी पहिलो पटक यस विद्यालयमा यो योजना अगाडी ल्याउदै रोटरी क्लबले पनि तीन बर्ष देखी गर्दै आएको कार्यलाई आफुले निरन्तर्ता दिदै भर्खर मात्र सम्पन भएको शौचालयलाई चाडै हस्तातरण गर्ने रोटरी क्लब अफ पुर्बी चितवनका अध्यक्ष बिनोद नेपालले बताए ।
कार्यक्रममा रोट्याक्ट क्लव अफ पुर्बी चितवनका अध्यक्ष प्रबेश घिमिरे, रोट्याक्ट क्लव अफ नारायणी मिड टाउनका अध्यक्ष बिनोद श्रेष्ठ, विद्यालय प्रचार्य लक्ष्मी ओलिको मन्तव्य रहेको थियो ।
रोटरी क्लव अफ पुर्बी चितवनका सचिव अनुप अधिकारी,सदस्य कृष्ण श्रेष्ठ,राजन थपलिया, दिपक रुवलि, तेज बहादुर दर्नाल, रोट्याक्ट जिल्ला ३२९२को क्षेत्र १४ का क्षेत्रीय प्रतिनिधी पुजन लामिछाने, रोट्याक्ट क्लव अफ पुर्बी चितवनका पदाधिकारी तथा सदस्य,रोट्याक्ट क्लव अफ नारायणी मिड टाउनका पदाधिकारी तथा सदस्य लगायत विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो ।


