चितवन : चितवन राष्ट्रिय निकुञ्जमा एकसिंगे गैंडा मारेको आरोपमा दोषी ठहर भएका चार जना २५ वर्षपछि पक्राउ परेका छन् ।गैडा मारी खाग काटेर लगेको अभियोगमा १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना सुनाइएका विष्णु कार्की, गोगनबहादुर बानियाँ र यामबहादुर बानियाँ तथा ६ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सुनाइएका हरि कार्की पक्राउ परेका हुन् ।

चितवन निकुञ्ज कार्यालय र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना खड्ग दल गणको संयुक्त टोलीले जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहयोगमा कार्की र क्षेत्रीलाई र बानियाँलाई पक्राउ गरेको हो।

उनीहरुले २०५५ कात्तिकमा निकुञ्जको अमृते पोष्टदेखि करिब डेढ किलोमिटर पूर्व पन्ना खोला नजिक गैंडालाई खाल्डोमा पारेर मारेको निकुञ्जले फैसला गरेको थियो ।चितवन निकुञ्ज कार्यालयले उनीहरु विरुद्ध २०५७ माघ २५ गते नै दोषी ठहर गरी सजाय सुनाएको थियो ।पक्राउ परेका चारै जनालाई कारागार कार्यालय भरतपुर चलान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार