राप्ती । संविधान तथा राष्ट्रिय दिवसको अवसरमा राप्ती नगरपालिकाले २५ विपन्न परिवारलाइ खाधान्न वितरण गरेको छ । राप्ती नगर प्रमुख शमशेर लामा आफै घरघरमा पुगेर विपन्न परिवारलाइ खाधान्न सहयोग गरेका हुन । वांकी परिवारलाइ नगरको प्रशासनको माध्यम वाट खाधान्न वितरण गरिने प्रमुख लामाले बताए ।
सामान्यतया संविधान दिवसको अवसरमा दिप प्रज्वलन तथा अन्य सभा आयोजना गरिने भए पनि राप्ति नगरपालिकाले विपन्न जनताको सेवालाई प्राथमिकता दिएको हो। नगर प्रमुख लामाले सुत्केरी महिला, छोराछोरी नभएका वुवा आमा, अभिभावक नभएकाहरुको लागी खाधान्न सहयोग गदै आइरहेका छन । उनले आगामी दिनमा खाधान्न सहित सिपमुलक तालिम , आय आर्जनलाई प्राथमिकतामा राख्ने बताए ।

