रत्ननगर, भदौ २४ ।
पूर्वी चितवनकाे रत्ननगर नगरपालिका वडा नं १ बकुलहर चाेकमा स्टडी गुरु अष्ट्रेलिया नामक कन्सल्टेन्सीकाे शाखा कार्यालय उद्घाटन गरिएकाे छ । अष्ट्रेलिया लगायत विभिन्न देशमा विद्यार्थी पठाउँदै आएकाे साे कन्सल्टेन्सीले चितवनमा पहिलाे शाखा सञ्चालनमा ल्याएकाे हाे । वडा नं १ का वडाध्यक्ष कुलप्रसाद सापकाेटा र चितवन शाखाका प्रबन्ध निर्देशक अजय महत(सनम)ले संयुक्त रुपमा शाखाकाे उद्घाटन गरेका हुन् । साे कन्सल्टेन्सीले अष्ट्रेलिया, क्यानडा, युके, न्यूजिल्याण्ड, अमेरिका लगायका देशका अध्ययनका लागि शैक्षिक परामर्श र प्रक्रियाकाे सहजीकरणकाे काम गर्ने प्रबन्ध निर्देशक महतले बताए । विदेश अध्ययनका लागि जानुपूर्व नेपालमा अध्ययन गर्नुपर्ने विषय पढाउनुका साथै प्रक्रियामा बारेमा शैक्षिक परामर्श समेत प्रदान गरिने उनले बताए । कार्यक्रमका प्रमुख अतिथि सापकाेटाले उच्च शिक्षा अध्ययनकाे लागि विदेश जाने प्रचलन बढ्दै गएकाे भन्दै सकभर नेपालमै अध्ययन गर्न र जानै परे विश्वासीलाे माध्यमबाट जान आग्रह गरे । कार्यक्रममा शाखाका म्यानेजर सुवास सापकाेटाले कन्सल्टेन्सीले प्रदान गर्ने सेवाकाे विषयमा जानकारी गराएका थिए । सन २०१० मा स्थापना भएकाे साे कन्सल्टेन्सीकाे मुख्य कार्यालय अष्ट्रेलियाकाे परामाटा सिटीमा रहेकाे छ । अष्ट्रेलियाकाे सिड्नीमा समेत शाखा रहेकाे साे कन्सल्टेन्सीकाे दुवईमा एक,भारतमा १२ र काठमाडाैंमा एउटा शाखा रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर