
रत्ननगर, भदौ २३ ।
रोटरी क्लब अफ रत्ननगर र मौलाकालीका अस्पतालबिच क्लबका सदस्यलाई स्वास्थ्य उपचारमा छुट दिने सम्झौता भएको छ । शनिबार क्लबका अध्यक्ष हरिकुमार श्रेष्ठ र अस्पतालका संचालक डाक्टर रमेश घिमिरे बिच सम्झौता पत्रमा हस्ताक्षर भएको क्लबका पूर्व अध्यक्ष विपीन पोखरेलले जानकारी दिए । सम्झौता पत्रमा अस्पतालले क्लबका सदस्यलाई अल्ट्रासाउण्ड गर्दा लाग्ने शुल्कमा ५० प्रतिशत , सिटी स्क्यानमा १० प्रतिशत र क्लबको सदस्यको पारिवारलाई अल्ट्रासाउण्ड गर्दा लाग्ने शुल्कमा २० प्रतिशत छुट दिने उल्लेख छ । सम्झौता शनिबार बाटै लागु हुने क्लबका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।