रत्ननगर । रत्ननगर वडा नं ९ स्थित सुकुमबासी बस्तीमा बस्दै आएका रिक्सा चालक छोटुलाल कुमाल र उनको परिवारको लागि खाद्यान्न सहयोग गरिएको छ । पछिल्लो समयमा मृगौलाको पथ्थरी र एपेण्डिसाईडको विरामी भएर रिक्सा चलाउन नसकेपछि मागेर गुजरा गर्दै आएका कुमालको परिवारलाई युवा समाजसेवी सुजन क्षेत्रीले खाद्यान्न सहयोग गरेका हुन । कुमालको परिवारलाई तत्तकालको लागि छाकटार्न सहज होस भनेर चामल, दाल, तेल लगायतको खाद्य सामाग्र सहयोग गरेको क्षेत्रीले बताए ।

कुमालको कारुणीक अबस्थाको बारेमा सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि आफुले सहयोग गरेको उनको भनाई छ । गामबेसीको चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपिकिरण शर्मा र रत्ननगरका टीकाराम लामिछानेले समेत छोटुलालको परिवारलाई चामल सहयोग गरेका छन् । आर्थिक अभावका कारण छोटुलालको उपचार हुन सकेको छैन् । सुकुमबासी बस्तीमा रहेको ससुरालीको घरको पालीमा बस्दै आएका छोटुलालले मागेर छाकटार्दै आएका थिए ।

केही समयका लागि खाद्यान्न जोहो भएपनि अब उनको उपचार र घर बनाउनको लागि सहयोगको आवश्यकता रहेको छ । चितवन पोष्ट दैनिकमा समाचार प्रकाशित भएपछि वडाध्यक्ष अनन्त अधिकारीले समेत उनको उपचार र आबास निर्माणको लागि चासो देखाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार