रत्ननगर । श्रीकृष्ण जन्माष्टमीको अबसरमा बुधबार श्रीकृष्ण मन्दिर धर्मधाम जिरौनामा रक्तदान कार्यक्रम गरिएको छ । रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटा प्रमुख अतिथि रहेको सो कार्यक्रममा १२६ युनिट रगत संकलन भएको छ ।श्रीकृष्ण प्रणामी युवा परिषद् प्रारम्भिक समिति धर्मधाम जिरौनाले आयोजना गरेको सो कार्यक्रममा ३३ महिला सहित १२६ जनाले रक्तदान गरेका हुन ।
प्रारम्भिक समितिका अध्यक्ष मनिष सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा उद्घाटन कार्यक्रममा वडा नं १२ का वडाध्यक्ष सुन्दरमणि सुवेदी, वडा नं १ का वडाध्यक्ष कुलप्रसाद सापकोटा, कार्यपालिका सदस्य एशोधा तिमिल्सिना पौडेल, श्रीकृष्ण प्रणामी मन्दिर धर्मधाम जिरौनाका अध्यक्ष दीपक चन्द्र शर्मा, श्रीकृष्ण प्रणामी युवा परिषद्का केन्द्रीय अध्यक्ष जगदिशचन्द्र शर्मा, श्रीकृष्ण प्रणामी बाइजुराज महिला समिति चितवनकी अध्यक्ष शोभा शर्मा ओली, युवा समाजसेवी सुरेशचन्द्र आचार्य लगायतले मन्तव्य राखेका थिए ।

